लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा दौड

  • ख-
  • ख+

लेखनाथ,१५ फागुन ।
पोखरा महानगरपालिका वडा नं २७ मा रहेको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको बार्षिक कार्यतालिका अन्तरगत विहिवार सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
क्याम्पसको खेलकुद कार्यक्रम अन्तरग मंगलवारदेखि सुरु भएका विभिन्न खेलहरु मध्ये विहिवार छात्र÷छात्रा खुल्ला सडक दौडमा छात्र तर्फको तीन किलोमिटरको दौडमा विकल सोतीले १२ मिनेट ३९ सेकेण्डमा निधारीत दुरी पार गरी प्रथम स्थान हासिल गरेका थिए भने द्धितीय स्थानमा सुनिल अधिकारीले १२ मिनेट ५० सेकेण्ड,तृतीय स्थानमा सुजन भण्डारी र सान्त्वना स्थानमा दिपक विक भएका थिए ।
त्यसैगरी सोही दुरीको सडक दौडमा छात्रा तर्फ सुष्मा थापा मगरले १५ मिनेट १० सेकेण्डमा पार गरि प्रथम स्थान हासिल गर्न सफल भएकी थिईन भने द्धितीय स्थानमा मनिषा थापा,तृतीय स्थानमा मनिषा पौडेल र सान्त्वना स्थानमा सनिषा नेपाली बिजयी भएको खेल संयोजक प्राध्यापक तेजन प्रसाद अधिकारीले जानकारी दिएका छन् ।
वि एड तहको पढाइ गर्दै आएको उक्त क्याम्पसले यस अघि फुटवल र भलिवल प्रतियोगीता सम्पन्न गरिसकेको छ । विहिवार भएको दौड प्रतियोगीताको सुभारम्भ वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले गरेका थिए भने क्याम्पस संचालक समितिका अध्यक्ष खगेन्द्रराज आचार्य र क्याम्पस प्रमुख रामजी लामिछानेले खेलकुदको महत्वका बारेमा जानकारी गराएका थिए ।उक्त कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख हेमराज आचार्यले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्