पोखरामा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

  • ख-
  • ख+

२१ भदौ, काठमाडौं । कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीहरुको लागि कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गरि खोप लगाउने मिति र खोप केन्द्र तोकेको हो । विद्यार्थीले खोप लगाउनका लागि भने १८ वर्ष पुरा भएको हुनेपर्नेछ ।
२०६० भदौ २१ गतेभन्दा अगाडी जन्मीएका विद्यार्थीले मात्र खोप लगाउन पाउने स्वास्थ्य महाशाखाले जनाएको छ । परिक्षालाई मध्यनजर गर्दै १८ वर्ष पुरा भएका कक्षा १२ का विद्यार्थीलाई मात्र लगाइने स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्