४५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाइने

  • ख-
  • ख+

पोखरा, ६ असोज ।
पोखरा महानगरपालिका वडा नं।२८ को माmभठाना स्वास्थ्य चौकी सौरे र कालिका स्वास्थ्य चौकी, कालिकास्थानमा ४५ वर्ष भन्दा माथिका उमेर समुहकालाई खोप लगाइने भएको छ । यही असोज ८ गते कुनै पनि खोप नलगाएका नागरिकलाई पहिलो मात्राको भेरोसेल खोप लगाइने भएको हो । खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाई आफ्नो उमेर खुल्ने प्रमाणित कागजातका साथमा पायक पर्ने स्वास्थ्य चौकीमा उपस्थित हुन वडा नं।२८ का वडा अध्यक्ष निर्मल दियालीले आग्रह गर्नु भएको छ ।
यसै गरी पोखरा महानगरपालिका स्वास्थ्य शाखाका अनुसार, असोज ८ गते नै पोखरा महानगरपालिका वडा नं.३१ को वेगनास स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र अर्चलथर, शहरी स्वास्थ्य केन्द्र पचभैया, पोखरा महानगरपालिका वडा नं.३२ को शहरी स्वास्थ्य केन्द्र दुर्गामन्दिर, पोखरा ३२ कै शहरी स्वास्थ्य केन्द्र मालेपाटनमा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइने भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्