नेपाली काँग्रेस क्षेत्र नं १ क मा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, २१ फागुन । नेपाली काँग्रेस गण्डकी प्रदेश क्षेत्र नं. १ (क) कास्कीले प्रदेश स्तरीय अन्तर संवाद एवं प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
पोखरा ३० स्थित विपी स्मृती भवनमा आयोजित कार्यक्रममा पार्टीको सांगठनीक ढाँचा, नेतृत्व विकास, वैठक सञ्चालन एवं वर्तमान अवस्थामा पार्टीको भुमीका लगायतका विषयमा नेता कार्यकर्ताहरुका लागी प्रशिक्षण दिईएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले प्रशिक्षण कार्यक्रमले पार्टी र जनताप्रति उत्तरदायी नेताको रुपमा रुपान्तरण गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेस एक भएर अगाडी वढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु मित्रलाल सापकोटा, सुरेन्द्रराज अधिकारी, रविरमण तिवारी र ध्रुवनाथ अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजेन्द्रमणी लामिछाने, रुपा गाउँपालिकाका सभापति विमलबावु न्योपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश सभापति दुर्गा सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिवद्धय ध्रुव अधिकारी र शिवराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उप सभापति निर्मला ढुंगानाले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्