नव आगन्तुक विद्यार्थीलाई स्वागत

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ७ असोज । पोखरा महानगरापलिका वडा नं.२८ माझठानामा रहेको रत्नशोभा माध्यमिक विद्यालयमा नव आनन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ ।
कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले बालिविकास कक्षा देखि कक्षा ११ सम्मका नव आगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कक्षा १२ का विद्यार्थी अनिता तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले कार्यक्रमको उद्घाटन गर्दै नव आगन्तुक विदार्थीहरुलाई स्वागत गरका थिए ।
त्यसै गरी सहायक प्रधानाध्यापक भेषराज सुवेदीले सबै विद्यार्थीहरु विद्यालयको निति र नियमा रही अध्ययन गर्नुपर्नेमा जोड दिंदै अनुशासनलाई पालना गर्नुपर्ने बताए ।


त्यस्तै गरी शिक्षकहरु पूर्ण बहादुर खत्री, गोपी मायाँ गुरुङ , मुक्ति नाथ खनाल लगाएतले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दे विद्यार्थीहरुले कहिल्यै पनि आफ्नो कर्तव्य विर्सन नहुने बताए ।
त्यस्तै गरी कक्षा ११ का विद्याथी अनुस्का रानाभाट, प्रज्वल तिवारीले गुरुहरुको निर्देशन र विद्यालयको निति नियम पालना गर्दै आफ्नो अध्ययनलाइृ अगाडि बढाउने बताए ।
कक्षा १२ की बिनिता जिसीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले बिच बिचमा बिविध सांस्कृतिक कार्यक्रम गरेका थिए । विद्यार्थी रेवती तिमिल्सिना र बिनोद रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए भने कक्षा १२ का सचिन तिवारीले धन्यवादन ज्ञापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी