महिलाहरु सामन्तवादमै ः प्रदेश स्वास्थ्य मन्त्री मधुमाया अधिकारी

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

गाउँले मिडिया
पोखरा, २४ फागुन । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले नेपाली समाजमा महिलाहरु सामन्तवादमा रहेको बताइन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मन्त्रि अधिकारीले उक्त कुरा बताएकी हुन् ।
महासंघको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले १० वर्षे जनयुद्ध पश्चात महिलाको हक अधिकार संविधानमा उल्लेख भए पनि कार्यन्वयमा फितलो भएको बताइन् । अहिले पनि नेपाली समाजमा समान कामको समान ज्याला भएको गुनासो गर्दै संविधानमा उल्लेख भएको महिला हक अधिकार कार्यन्वयन नभए सम्म महिला हिंसा मुक्ति हुन नसक्ने बताइन् । पत्रकार जगतले लैंगिक समानताको पक्षमा कलम चलाउन आग्रह गर्दै पत्रकारहरुको समास्या समाधान गर्न आफू सदैव सकारात्मक रहेको बताइन् ।
यसै गरी नेपाल पत्रकार महासंघ केनद्रका पूर्व अध्यक्ष सुरेश आचार्यले महिला हिंसासँग सम्बान्धित समाचार बनेको प्रति गुनासो गर्दै पत्रकारहरुले महिलाको अधिकार, जातिवेशष, सामाजिक लगाएतका विषयका मुद्धाहरुमा समाचार लेख्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सन १९०८ मा कोपन हेगेनमा महिलाहरुले समय , ज्याला र मतदानमा महिला सहभागिता माग राखेर गरेको आन्दोलन स्वरुप अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिएको बताउँदै प्रत्येक प्रकारका महिलाप्रतिको आग्रहको अन्त हुनुपर्नेमा जोड दिए । एक वर्षमा महिला हिंसाको समिक्षा गर्दै आगामी दिनमा महिला दिवस मनाउन पनि सुझाव दिए ।
यसै गरी गण्डकी प्रदेश सांसद प्रभा कोइराला, राष्ट्रिय समाचार समितिका प्रभान सम्पादक एकराज पाठक, गैह्र सरकारी गण्ककीका अध्यक्ष गोपाल खड्का, पोखरा महानगर ३१ का वडा सचिव दुर्गा न्यौपाने, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञावली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता पगेनी, पूर्व सांसद शारादा पौडेल लगाएतले महिलाहरु राज्यको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रमा समेत महिला प्रति विभेद तथा हिसां हुदैँ आइरहेको बताए । मिडियामा महिलाहरुको अवस्था दयनिय रहेको वक्ताहरुले बताएका थिए ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्ढारीले पत्रकारीता क्षेत्रमा महिला पत्रकारहरुलाई टिकाई राख्न चुनौती रहेको बताउँदै महिलाहरुको सामाजिक सुरक्षामा सबैको साथले मात्रै महिला पत्रकारहरुको सञ्चार क्षेत्रमा सहभागिता रहने विश्वास व्यक्त गरीन् । एक फरक प्रसंगमा अध्यक्ष भण्ढारीले आम सञ्चार विद्येयकका लागि आफूहरुले सल्लाह र सुझाव दिएको र सोही अनुसार सञ्चार क्षेत्रको हित हुने गरी विद्येयक आउने पनि विश्वास व्यक्त गरेकी थिइन् भने पत्रकार महासंघ कास्की सह सचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।
सोहि दिन कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि तुलसादेवी हरिहर फाउन्डेसनको आयोजनामा आचार संहिता सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्