शिक्षामा गरेको लगानी कहिल्यै खेर जादैनः मन्त्री थापा

  • ख-
  • ख+

लेखनाथ,२७ फागुन । गण्डकी प्रदेशका कानुन मन्त्री विन्दु कुमार थापाले शिक्षाको क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताएका छन् ।
पोखरा २९ को भण्डारढीकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको शुक्रवार १७ औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशनको उद्घाटन गर्दै मन्त्री थापाले शिक्षाको क्षेत्रमा लगाएको पैसालाई खर्च नसम्झी लगानीको रुपमा लिनु पर्नेमा जोड दिएका हुन् ।
गण्डकी प्रदेशलाई शैक्षीक क्षेत्रका रुपमा अब्वल बनाउनका लागि नेपालमा नै पहिलो विश्वविद्यालका रुपमा रहेको गण्डकी विश्वविद्यालयले युवाहरुलाई स्वदेशमा नै रोजगारीका अवसरहरु सृजना गर्न सकिने गरि प्राविधिक शिक्षालाई जोड दिएको धारणा समेत मन्त्री थापाले राखेका थिए ।
सोही अवसरमा नेपाल पब्लिक क्याम्पस संघको तर्फबाट विरन्जीवी गौतमले विश्वविद्यालय स्थापना गर्दा सामुदायिक क्याम्पसलाई समेटेर लैजानु पर्ने सुझाव राखेका थिए भने भुपु क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष केशर निर्देसीले वद्यार्थीको सटिविकेट विदेश जाने लाईसेन्स नवन्ने गरि शिक्षा नितीमा नै परिवर्तन गर्नु पर्नेमा जोड दिएका थिए ।
क्याम्पस संचालन समितिका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी,पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ,पुर्व विद्यार्थी बिरेन्द्र न्यौपाने,जनप्रकाश मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम सुवेदी र बिद्यार्थी कल्याणकारी समितिका अध्यक्ष महिमा श्रेष्ठ लगाएतले आफनो धारणा राखेका थिए ।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले क्याम्पस स्थापना काल देखि भोलीका आवस्यकताका बारेमा जानकारी गराउदै नेपाल सरकार समक्ष्य एस एस आर सटिफाईड भई क्यू ए ए प्राप्तीका लागि प्रक्रिया अगाडी वढाईएको जानकारी गराएका थिए ।
साहायक क्याम्पस प्रमुख अर्जुन ओझाले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए । क्याम्पसमा वि वि एसको पढाई संचालन हुदै आएको छ ।
यसैविच सोही भेलाले सर्वसम्वत रुपमा आगामी कार्यकालका लागि बिजयराज भण्डारीलाई संचालक समितिको अधयक्षमा चयन गरेको छ भने अन्य सदस्यहरुमा विश्वराज लामिछाने,श्रीधर आचार्य,विष्णु प्रसाद तिवारी,सुदेव गुरुङ,मनदेवि गुरुङ,पुष्पमणि भण्डारी,प्रेम बहादुर थापा र होमनाथ पौडेल रहेको निर्वाचन संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्