कास्कीबाट २ लाख ८१ हजार ८ सय ३३ जना मतदाता

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कास्की बाट २ लाख ८१ हजार ८ सय ३३ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेको पाइएको हो ।

कास्कीमा ५३ प्रतिशत महिला र ४७ प्रतिशत मतदाता पुरुष रहेको प्रदेश निर्वाचन कार्यालयले  जानकारी दिएको छ । जिल्लामा ४ जना तेस्रो लिङ्गी मतदाता रहेको बताइएको छ । कास्कीमा १ सय ५० वटा मतदान स्थल तोकिएको छ । कास्की जिल्लाभर १ सय ५० मतदान स्थल तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ ।

कास्कीमा भूगोलको हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिका र ४ वटा गाउँपालिका छन् । अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका र पोखरा महानगरपालिका सबैमा कुल ७२ वडा छन् । कास्कीमा अघिल्लो निर्वाचनमा भन्दा ५७ हजार २१ मतदाता थपिएका छन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बाट सबै स्थानीय तहमा १÷१ जना प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्