भोली देखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ८ बैशाख । भोली बैशाख ९ गते देखि  सुरु हुने एसईई परीक्षा २०७८को सम्पूर्ण तयारी पूरा भएको गण्डकी प्रदेश शिक्षा विकास निर्देशानालयले जनाएको छ ।

बिहान ८ बजे देखि सुरु हुने परीक्षामा गण्डकी प्रदेशबाट नियमित तर्फ ४५ हजार १५५ , प्राविधिक धारतर्फ ८१५ जना ग्रेड बुद्धि तर्फ २२१ जना गरी जम्मा ४६ हजार १९१ जना यस वर्षको एसईई परीक्षामा सहभागी हुने निर्देशानालयले जारी गरेको अपिलमा जनाइएको छ ।
यस प्रदेश अन्तरगत ११ वटा जिल्लाका १ हजार ३४१ विद्यालयहरुलाई २ सय २३ परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन हुने व्यवस्था मिलाइएको निर्देशानालयले जनाएको छ ।

एसईई परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरुलाई डर त्रास बिना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन निमित्त निर्देश अम्बिका प्रसाद आचार्यले अनुरोध गरेका छन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै स्थानिय प्रशासन, स्थानिय तह, नागरीक समाज, विद्यालय व्यवस्थापन समिति, पेशागत संघ , संगठन, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी लगाएत सम्पूर्ण सरोकारवालाहरुमा आचार्यले अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्