भदौ ३० सम्म प्रयोगमा आएका सबै मोवाइल सेट एमडिएमएसमा दर्ता

  • ख-
  • ख+

काठमाडौं । नेपालमा भदौ ३० सम्म प्रयोगमा आएका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रर्णालीमा दर्ता भएको जनाएको छ । नेपाल दुरसञ्चार पाधिकरणले सबै किसिमका मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जानाकारी दिएको हो ।

मोबाइल सेटको गैरकानूनी आयत, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न एमडिएमएस प्रर्णाली लागु गरिएको नेपाल दुरसञ्चार पाधिकरणले जनाएको छ । चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल सेट नचल्ने बनाउन यस्तो प्रर्णाली लागु गरिएको नेपाल दुरसञ्चार पाधिकरणली एक सूचना प्रकाशित गरि जानकारी दिएको हो ।
३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नु पर्ने अर्थात एमडिएमएसमा तर्दा नभएका मोबाइल सेटले काम गर्ने छैनन् ।

प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली मा दर्ता भए नभएको एकिन गरी खरिद गर्न अुनरोध गरेको छ । साथै मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी