लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा लामिछाने

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १८ चेत्र । लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा त्रिलोचन लामिछाने सर्वसम्मत चयन भएका छन् । लायन वर्ष २०२३/०२४ का लागि सर्वसम्मत रुपमा चयन गरीएको प्रथम उपाध्यक्षमा अरुण चन्द्र सुवेदी, द्धितिय उपाध्यक्षमा बिनोद त्रिपाठी , तृतिय उपाध्यक्षमा धु्रव राज त्रिपाठी चयन भएका छन् ।
यसै गरी सचिवमा सपना सुवेदी, कोषाध्यक्षमा वर्षा मगर , सह सचिवमा सुमन अधिकारी, सह कोषाध्यक्षमा तारा सुवेदी चयन भएका छन् भने मेम्बर सिप चियर पर्सनमा विजय राज कंडेल र मार्केटिङ कम्युनिकेसन अफिसरमा बिमला सोतीलाई चयन गरिएको निर्वाचन समितिका सदस्य रामचन्द्र रानाभाटले जानकारी दिए ।
संस्थापक अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक ऋषिराम रानाभाटले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुका साथै विगतका वर्षमा जस्तै आगामी वर्षमा पनि लायन्स क्लबका स्तरीय कार्यक्रम गर्न सबैले साथ र सयहोग दिनुपर्ने बताए ।
पूर्व अध्यक्षहरु सागर लामिछाने, केशव राज तिवारी , शक्ति श्री तिवारी, प्रभा भुजल लगायतको उपस्थिति रहेको उक्त निर्वाचन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष त्रिलोचन लामिछानेले प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा क्लबलाई दिगो बनाउन चुनौती रहेको बताए । धेरै कार्यक्रम गर्नु भन्दा पनि थोरै भए पनि गुणस्तरीय कार्यक्रम गरिने बताए । क्लबका सबै पूर्व अध्यक्षहरु , पदाधिकारीहरु र सदस्यहरु सबैलाई समेटेर अगाडि बढ्ने बताउँदै सबैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै कोषाध्यक्ष वर्षा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव सपना सुवेदीले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्