बिश्वबिध्यालयको तालाबन्दी खोल्न साम्सद बिद्या भट्टराईद्वारा संसदमार्फत सरकारको ध्यानाकर्षण

गाउँले मिडिया
  • ख-
  • ख+

भाद्र २१, काठमाडौ, कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिश्वबिध्यालयहरूमा भएको तालाबन्दी खोल्न संघिय संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वबिद्यालय र सुदुर पश्चिम विश्वबिद्यालयमा भएको तालाबन्दी संस्कृतिले आम बिद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो बिषयमा कत्ती पनि जिम्मेवार नदेखिएको उल्लेख गर्नुभयो।

उहाँले लोकतन्त्रको पूर्ब शर्तको रूपमा रहेको शिक्षा र त्यसमार्फत निर्माण हुने बिबेकशिल मानव लोकतन्त्रको मानक भएको भन्दै सो कुरामा स्वयम् प्रधानमन्त्री र सरोकारवाला शिक्षा मन्त्रालय गम्भीर र जिम्मेवार नदेखिनु गम्भिर चिन्ताको बिषय भएको बताउनु भयो।

ब्यबस्थापनको जिम्मेवारीमा रहने कुलपति ,उपकुलपति र सह कुलपतिहरूको बिचमा कार्य समन्वय अभावमा विश्वबिद्यालय जस्तो प्राज्ञिक क्षेत्र राजनितीक आन्दोलनको केन्द्र बनाइनु दुस्खद भएको भट्टराईले उल्लेख गर्नुभएको छ।

साम्सद भट्टराईले बिद्यार्थिहरूका जायज माग पूरा गरि तत्काल पठन पाठनको बाताबरण बनाउन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउदछु उल्लेख गर्नु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्