लिटल फ्लावरमा तीज गीत प्रतियोगिता

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ । । हरितालिका तीज २०८० को अवसरमा पोखरा –२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका इञ्चार्ज रामप्रसाद अधिकारीले स्वागत एवम् शुभकामना प्रदान गरेको उक्त प्रतियोगिता शिक्षक लक्ष्मी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कक्षा ३ देखि १० सम्मका दश समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा कक्षा सात क समूहले प्रथम स्थान हासिल गरेको छ । यसै गरी कक्षा दशको समूहले दोश्रो स्थान हासिल गर्न सफल भयो भने कक्षा चारको समूहले तेश्रो पुरस्कार प्राप्त ग¥यो । कक्षा ३ ले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।
विजयी समूहलाई पुरस्कार वितरण गर्देै विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता सम्पन्न गरिएको प्रिन्सिपल विकल पौडेलले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा नृत्य प्रशिक्षक मिलन तामाङ सहित शिक्षकहरु लक्ष्मी गुरुङ र विष्णुहरि पौडेल रहेका थिए । ५९ औं अन्तराष्ट्रिय बाल दिवसको वारेमा माध्यमिक तह इञ्चार्ज रामकृष्ण आचार्यले आफ्ना भनाइ राखेका थिए ।

प्रतियोगिताको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले गरेका थिए । सॉस्कृतिक पहिचानको रुपमा तीज मनाऔं भन्ने उद्देश्यका साथ प्रतियोगिता पश्चात् तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्