सक्नेरीको तिजगीतमा नमुना प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१ असोज। नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा पोखरा महानगर पालिका वडा नं २६ को सक्नेरीमा आयोजना गरिएको २२ औं खुल्ला तीज गीत प्रतियोगितामा नमुना आमा समुह प्रथम भएको छ ।
सहभागी १० समूह मध्यबाट मट्टिखाना चेलीवहिनी समुह द्धितीय,सासु वहारी आमा समुह पोखरा २७ तृतीय र दिदी बहिनी समुह पोखरा २६ सान्त्वना भएका थिए ।

गीतका माध्यमबाट समाजमा विक्रिती र विसंगतीका विरुद्ध जनचेतना सकरात्म सन्देश दिने उदेस्यका साथ लोक सास्कृतीक संरक्षण समिति र उज्ज्वल आमा समुहको संयुक्त आयोजना सम्पन्न भएको प्रतियोगिताको उद्द्दघाट गर्दै दिगदर्शक वाचक शिरोमणि पण्डित दिपक सापकोटाले आफनो मौलीक सस्कृती र धर्म रक्षाका लागि यस प्रकारका कार्यक्रमले सहयोगी भुमिका निभाउने भएकोले यसलाई निरन्तरता दिदा लुकेका प्रतिभालाई प्रस्फुटन गराउन समेत सहजता हुने विश्वास व्यक्त गरे ।

सस्थाका अध्यक्ष जगननाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष खेमप्रसाद भण्डारी,जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगाना,रिलायन्स बोडिङ स्कुलका संचालक कमल रानाभाट लगाएतले तीजलाई आफनो मौलीक चाडका रुपमा लिदै पारस्पारीक सद्भाव साटासाट र दिदी विहिनीहरु भेटघाटको अवसरका रुपमा पनि लिनु पर्नेमा जोड दिएका थिए ।

सस्थाका सचिव भीमनाथ अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतमले राखेका थिईन ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्