मादी ५मा शुभकामना आदन प्रदान कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
मादी , ३ कात्तिक । मादी गाउँपालिका वडा नं.५ ले शुक्रबार शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्व, ल्होसार लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा मादी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले चाडपर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वमा फजुल खर्च नगरीकन आपसी सदभाव र शान्तिपूर्वक पारिवारिक वातावरणमा चाडपर्व मनाउन सम्पूर्ण वडावासीलाई आग्रह गरे ।

वडामा रहेका क्रियासिल सामाजिक संघ संस्थाहरु, आमा समूहहरु, टोल विकास संस्थाहरु, युवा क्लबहरु, बुछिजीविहरु, नागारिक समाज लगाय सरोकारवालहरुको सल्लाह, सुझाव र सहयोगले वडालाई समृद्ध वडाको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

यसै गरी वडा सदस्य जुजन बाबु अधिकारीले चाडपर्वको समयमा समग्रमा वडामा शान्ति सुरक्षा कायम राख्न प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण वडावासी सबैको भएको बताए । चाडपर्वको समयमा आफ्नो स्वास्थ्यलाई ख्याल गर्दे आहार विहारमा ध्यान दिन सुझाव दिंदै विजया दशमी, दीपावली लगायत सम्पूर्ण चाडपर्वको शुभकामना व्यक्त गरे ।

वडा सचिव बुद्धिराज लामिछानेले सेवाग्राहीहरु र वडाका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरुको सामुहिक प्रयासबाट मात्रै वडाको प्रशासनिक कार्यलाई छिटो र छरितो बनाउन सकिने बताउँदै नेपालीको सम्पूर्ण चाडपर्वको शुभकामना व्यक्त गरे ।

यसै गरी सामुदायिक प्रहरी सेवा कालिका इन्चार्ज रविप्रकाश कुर्मीले चाडपर्व र आफ्नो संस्कृतिलाई सद्भावपूर्ण रुपमा मनाउन आग्रह गर्दै चाडपर्वको समयमा विभिन्न किसिमका चोरी, लुटपाट र अपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सचेत हुन आग्रह गरे । जुवा तास , कौडा, खोरखोरे जस्ता विकृतिजन्य कार्य हटाई विकृति , विसंगति रहति सभ्य समाज निर्माणमा हामी सबैको योगदान हुनुपर्नेमा जोड दिए ।

यसै गरी नेकपा एमाले वडा कमिटीका अध्यक्ष बाबुराम सापकोटा, चितेपानी देउराली आमा समूहकी अध्यक्ष सावीत्री पौडेल, थामलङ्काछर टोल विकास संस्थाका अध्यक्ष मन बहादुर गुरुङ, विद्याज्योती आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक महेन्द्र पौडेल लगायतले शुाभकामना व्यक्त गरेका थिए ।

पशु प्राविधिक सतिस लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए भने वडा सदस्य पार्वती रानामगरले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेकी थिइन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्