
ऋषिराम रानाभाट
लेखनाथ , ४ कात्तिक । पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले पोखरा २७ रिठेपानीको भुवनकुनाका आर्थिक रुपमा विपन्न, असाय ६० परिवारलाई १ बोराका दरले चामल वितरण गरेका छन् ।
कार्यक्रममा बाल्दै अध्यक्ष गुरुङले विजया दशमी सबैको घर घरमा आइसकेको अवस्थामा आर्थिक रुपमा विपन्न परिवार , काम पनि गर्न नसक्ने असायको घरमा चुलो बल्न नसक्ने अवस्थाका परिवारलाई वडाको राहत कोषबाट प्रति परिवारलाई १ बोरा चामल वितरण गरिएको बताए ।
यसै गरी अध्यक्ष गुरुङले यस्ता गरिबीको रेखामुनि रहेका असक्त परिवारलाई आफ्नो बाबा अम्मर बहादुर गुरुङ र आमा बिबी गुरुङबाट रु २० हजार, वडा अध्यक्ष गुरुङकै साना बााब बद्री प्रसाद गुरुङ र आफ्नी सानी आमा राम कुमारी गुरुङबाट रु २० हजार र आफ्नो व्यक्तिगत तर्फबाट रु १० हजार जम्मा गरी प्रति परिवारलाई १ हजारका दरले नगद समेत सहयोग गरिएको जानकारी दिए ।
यसै गरी गुरुङले विजया दशमी, दीपावली, नेपाल सम्बत, छठ पर्व , ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्व र आफ्नो संस्कृतिलाई सद्भावपूर्ण रुपमा मनाउन आग्रह गर्दै चाडपर्वको समयमा विभिन्न किसिमका चोरी, लुटपाट र अपराधिक क्रियाकलाप हुन सक्ने हुँदा यस्ता क्रियाकलापबाट सचेत हुन पनि वडा अध्यक्ष गुरुङले सबै वडावासीहरुमा आग्रह गरे ।
https://www.facebook.com/gaulemedia/videos/860415018945852