चक्रदेवि सहकारी ५७ औं वर्षमा

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ,१६ कार्तिक । पोखरा महानगरपालिका वडा नं ३०को शिसुवामा रहेको चक्रदेवि बहुउदेस्य सहकारी सस्था ५७ औं वर्षमा प्रवेश गरेको छ ।

कास्की जिल्लाको पुरानो सहकारीका रुपमा चिनिएको चक्रदेवि बहुुउदेस्य सहकारी सस्थाले स्थापना दिवसको अवसर पारेर विहिवार सरसफाई र साझ कार्यलायमा परिसरमा दिप प्रज्वलन गरेको हो ।

सामाजिक उत्तरदाईत्व अन्तरगत सस्थाले आफनो कार्यालय परिसर शिसुवा र पोखरा ३० कै खुदि सेवा केन्द्र वरपर सरसफाई गरेको सस्थाका अध्यक्ष ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुुर्गा सुवेदीको विशेष उपस्थितीमा भएको कार्यक्रममा सस्थाका कार्यसमितिका सदस्य,स्थानियवासी लगाएत विभिन्न संघ सस्थाहरुले सरसफाईमा सहजिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्