
लेखनाथ,१९ कार्तिक । कास्की जिल्ला भरी आफनो कार्यक्षेत्र बनाउन सफल बेगनास ताल नगरी बचत तथा ऋण सहकारी सस्थाको१३ औबार्षिक साधारण सभा तथा छैटौ अधिवेशनलेपुन जिवन तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने गरि भएको सहमतीका आधारमा चयन भएकोसमितिकोउपाध्यक्षमा ध्रुराज न्यौपाने,सचिवमा हरिकृष्ण न्यौपाने,कोषाध्यक्षमा विकेन्द्र प्रसाद तिवारी र सह सचिवमा मनिषा तिवारी रहेकी छन् ।
यसैगरि समितिकोसदस्यहरुमा रामेश्वर ढुगाना,बुद्धी प्रसाद सुवेदी,रिता कुमारी वास्तोला,सुनिता तिमिल्सेना,गीता खनाल र कमल प्रसाद सापकोटा रहेका छन् भने लेख ा समितिको संयोजकमा रमानाथ पौडेल र सदस्यका कल्पना पौडेल रहेको निर्वाचन संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।
सस्थाको सनिवार सम्पन्न १३औबार्षिक साधारण सभा तथा छैटौ अधिवेशनमा चालु आर्थीक वर्षमा विध्यमान रहेको आठ करोड ४४ लाख ३१ हजार चार सयको सेयर पुँजीलाई बृद्धि गरि १० करोड बनाउने लक्ष्य राखिएको छ । यसैगरि सस्थामा आवद्ध एक हजार चार सय ३३ सेयर सदस्यहरुलाई बृद्धि गरि एक हजार छ सय बनाउने योजना समेत अगाडी सारेको छ ।
यसैबिच सस्थाकोवार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदीले सहकारीहरुलेसम्भावनाको खोजी गर्दै नयाँ कामको माध्यमबाट आय आर्जनमा जोडिन आग्रह गरेका थिए ।
साथैउनले सामुहिक भावनाले निस्कृय अवस्थामा रहेको पुँजीलाई पहिचान गरि सयर सदस्यकोआय आर्जनमा कसरी टेवा पु¥याउन सकिन्छ भन्ने खालका कार्यक्रमहरु ल्याउन पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने,कास्की बचत तथा ऋण सहकारी सस्थाका कोषाध्यक्ष शेर बहादुर कार्की,राष्ट्रिय सहकारी वैक तालचोक साखाका साखा प्रमुख पुर्णीमा पाठक,पोखरा महानगरपालिका वडा नं ३० का वडासदस्य विनोद प्रसाद लामिछाने,मादी गाउपालिका वडा नं १२ का वडाअध्यक्ष कृष्ण दाहाल,लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,गौतम ऋषि बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,नागरिक परोपकार समन्वय सस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी,बेगनाताल संरक्षण तथा विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद ढुगाना र निर्वाचन समितिका संयोजक राममणि अधिकारी लगाएतले आफनो धारणा राखेका थिए ।
सस्थाका अध्यक्ष जिवन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ध्रुवराज न्यौपानेले गरेका थिए भने कार्यक्रम संचालन सचिव हरिकृष्ण न्यौपानेले गरेका थिए ।