
ऋषिराम रानाभाट
लेखनाथ, २५ कात्तिक । लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ आइ अन्तरगत रहेको लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीले क्लबको स्थापना दिवसका अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ ।
क्लबको पाचौं जन्म दिवसका अवसर पारेर शनिबार रुपा गाउँपालिका वडा नं.५ मा आर्थिक रुपमा विपन्न परिवारलाई चामल, नून, तेल, दाल लगायतका खाद्यन्न सामग्री वितरण गरी क्लबको पाँचौ जन्म दिवस मनाएको छ ।
रुपा गाउँपालिका प्रमुख नवराज ओझाले क्लबले सम्पादन गरेका समाज सेवाका कार्यहरुको प्रशंसा गरे । चाडपर्वको बेलामा विपन्न परिवारलाई खाद्यन्न सामग्री वितरणले उनीहरुको परिवारमा खुशीयाली छाउने विश्वास व्यक्त गरे ।
स्थानिय सरकारले रुपा गाउँपालिकामा गरेका विकास निर्माणका कार्यहरुको चर्चा गर्दै गाउँपालिकामा एक घर एक मौरी घार, महिला सचेतना कार्यक्रम, बहुउद्धेशिय भवन निर्माण लगायतका कार्यक्रमहरु गरेको जानकारी दिए । आगामी दिनमा लायन्स क्लबले आयोजना गर्ने समाज सेवा तथा मानविय सोका कार्यमा गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनालले समाज परिवर्तनमा क्लबले गरेका कामको सम्मान गर्दै फराकिलो सोच बनाएर वडामा मात्रै सिमित नगरी आगामी दिनमा गाउँपालिकामा रहेका आर्थिक रुपमा विपन्न परिवारलाई सहयोग गर्नुपर्ने सुझाव राखेका थिए । यसका लागि वडा नं.५ ले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी अन्तराष्ट्रिय लायन्स क्लब जिल्ला ३२५ आई नेपालका प्रथम जिल्ला उपाध्यक्ष बिनोद ढुङ्गानाले लायन्स क्लबहरुले अन्राष्ट्रियबाट ठूला ठूला परियोजना ल्याएर आफू जन्मेको हुर्केको स्थानमा सामजिक कार्य गर्ने गरेको जानकारी दिए । क्लबको जन्म दिनका अवसरमा यस्ता सहयोगका आदन प्रदान जस्ता कार्यक्रमले समाजमा महत्वपूर्ण सन्देश दिने बताए । क्लब मार्फत सेवाका कार्यमा जोडिन पाउँनु आफैमा गर्वको विषय भएको बताउँदै आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिनुपर्नेमा जोड दिए ।
यसै गरी जिल्ला संयोजक अमृत तिवारी , क्लबका संस्थापक अध्यक्ष नगरन्द्र राज बराल , कार्यक्रम संयोजक एव्म क्लब सर्भिर चियर पर्सन प्रेम कुमार जोसी लगायतले लायन्स कलबले गरेका सेवाका कार्यहरुको वारेमा चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष सुरेन श्रेष्ठले स्वागत गर्दै आगामी दिनमा लायन्स क्लब जिल्लाले ठूला ठूला परियोजना यस रुपा गाउँपालिकालाई मध्य नजर राख्दै छनौट गरेको खण्डमा आफ्नो क्बलले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा क्लबले गरेका सेवाका कार्यको वारेमा जानकारी गराएको थिए । कार्यक्रम संयोजक एवम् क्लब सर्भिस चियर पर्सन प्रेम कुमार जोसीले धन्यवाद ज्ञापन गरेका थिए भने क्लबका सचिव भुवनराज बरालले कार्यmम सञ्चालन गरेको कुरा क्लबका अध्यक्ष सुरेन श्रेष्ठले जानकारी दिए ।