उज्वल आमा समुहको २३ औं साधारण सभा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२५ कार्तिक । महिलाहरु सामाजिक क्षेत्रमा आउनु पर्छ भन्ने मुख्य उदेश्यका साथ आवाज उठाउदै आएको पोखरा २६ को उज्वल आमा समुहले विविध कार्यक्रमका साथ आफनो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले समग्र वडाको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै अगाडी वढ्न सक्ने हो भने वडालाई नमुना वडाको रुपमा स्थापित गर्न सकिने धारणा राखेका थिए ।

विविध सास्कृतीक कार्यक्रम र सस्थालाई सहयोग पु¥याउदै आउनु भएका अग्रजलाई सम्मान समेत गरिएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका अधिकारी, पोखरा महानगरपालिका सहरी विकास योजनाकी मिना भण्डारी , लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेना, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगाना लगायत स्थानिय समाजसेवी कुल बहादुर थापा, मुरारी बराल, खेम प्रसाद भण्डारी, भोजराज बराल, सपना बराल, तारा ढकाल, सुमित्रा बञ्जरा, मिना बराल र सारदा बराल लगायतले स्थानिय स्तरको विकास र समाजमा सकरात्मक सन्देस दिने खालका कार्यक्रमहरु लिएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्