पोखरामा छोराले आफ्नै बुबामाथि खुर्पा प्रहार गरी हत्या गरे

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा। पोखरा महानगरपालिका -१७ बिरौटा स्थित गोधुली संसार पथमा बसाेबास गर्ने  २२ वर्षीय छोरा रविन क्षेत्रीले आफ्नै बुवालाई खुर्पा प्रहार गरी हत्या गरेका छन् ।

मंगलबार छोरा रविन क्षेत्रीले  ५२ वर्षीय आफ्नै बुबा रामु क्षेत्रीलाई खुर्पा प्रहार गरी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरा रविन क्षेत्रीले मंगलबार दिउँसो अन्दाजी १२:१० बजेको समयमा बुवामाथि खुर्पा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए।

घटनाको सूचना पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट पुगेको प्रहरीको टोलीले घाइते बुवालाई तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल पठाएपनि उपचारकै क्रममा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

खुर्पा प्रहार गरी फरार भएका छोराको खोजी कार्यमा जुटेको प्रहरीको टोलीले उनको हुलिया सहितको फोटो आसपासका जिल्लामा समेत खोजतलासका लागि पठाएकोमा मंगलबार बिहान अन्दाजी ४:०५ बजेको समयमा पाल्पा स्थित प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिन सफल भएको हो।

घटनाको कारणबारे प्रहरीले केही बताएकाे छैन । उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्