कृषिमा आत्मनिर्भर हुन लगानी बढाऔं – जि. स . स कास्की प्रमुख पौडेल 

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा ,मंसिर ६ 
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषिको व्यवसायिकिकरण र उत्पादनमा गण्डकीलाई आत्मनिर्भर बनाउनका लागि कृषिमा लगानी बढाउनुपर्ने बताउनु भएको छ। कृषिको यान्त्रिकिकरण सहितको आधुनिक प्रबिधिलाई थप प्रभाबकारी कार्यक्रम सहित पुनः संरचनाको जरुरी रहेको हुँदा स्थानीय तह सहित प्रदेश सरकार र संघ सरकारले अधिक बजेट कृषी क्षेत्रमा छुट्टाउनुपर्ने बताउनुभयो ।
 प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ कास्कीको आयोजनामा संचालित आर्थिक बर्ष २०८०/८१ को गण्डकी प्रदेशस्तरिय पहिलो त्रैमासिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै बताउनु भएको हो।
 कृषिको बजेट बर्सेनि घट्नु दु:खद भएको भन्दै ब्यबसायिक कृषीको बिकासको बिषयलाइ विशेष प्राथमिकता दिनुपर्ने उहाँको जोड छ। पौडेलले कृषि पेशा प्रती आकर्षण बढ्ने नीति कार्यक्रम तय गर्न र अनुदानमुलक कार्यक्रम प्रभाबकारी बनाउनु पर्ने भन्दै श्रमप्रतिको सम्मान जगाउने गरि काम गर्न आग्रह गर्नुभयो । 
सरकारी कार्यालयहरूले आफ्ना कार्यक्रम प्रभाबकारी बनाउन योजना र कार्यतालिका निर्माण गर्न आग्रह गर्नुभयो । कुनै दबाब र रबाफको प्रभावमा नपरी जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी सबै सरोकारवालाहरूले काम गरे मात्रै हामीले चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उहाँको कथन । समिक्षा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख तथा प्रतिनिधिले आफ्नो त्रैमासिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै बिद्यमान समस्या र निराकरण सम्बन्धमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा कृषि निर्देशनालय गण्डकीका निर्देशक बासुदेब रेग्मी ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल , मन्त्रालयको तर्फबाट माधब पौडेल ,तरकारी सुपर जोन संचालक समन्वय समिति संयोजक कृष्ण प्रसाद तिवारी ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख रोशन अधिकारी , सोही कार्यालयका बागबानी बिज्ञ मनोज ढकाल , सामाजिक बिकास बिज्ञ गोबिन्द श्रेष्ठ लगायतले प्रस्तुत समिक्षा उपर टिप्पणी प्रस्तुत गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्