जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा ढुगाना

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ६ मंसिर । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल गाइघाट स्थित जलेश्वर शिव मन्दिर ब्यवस्थापन समितिको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले कृष्ण प्रसाद ढुङ्गानालाई अगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

यसै गरी समितिको उपाध्यक्षमा सिता कार्की, सचिवमा विरेन्द्र पौडेल र कोषाध्यक्षमा निर वहादुर बराल चयन भएका छन् । यसैगरि सर्वसम्वत रुपमा चयन गरीएको समितिको सदस्यहरुमा कल्पना अधिकारी, मेनुका वास्तोला, बसन्त राज ढकाल, तिलक प्रसाद तिवारी, शालिकराम लामिछाने, सुधा थापा, मोतीराम तिमिल्सेना, दुर्गादेवी अधिकारी र शान्ति कोईराला रहेको निर्वाचन संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।
बेगनासताल क्षेत्रको धार्मिक, सामाजिक संरचनाको संरक्षण गर्दै यस क्षेत्रको पर्यटन प्रवद्धनमा सहयोग पुरयाउने उद्धेश्यका साथ मन्दिर व्यवस्थापन समिति गठन गरिएको संस्थापक अध्यक्ष विष्णु प्रसाद तिवारीले बताए । यस क्षेत्रको समग्र विकासका लागि सबैलाई समेटेर यस क्षेत्रमा क्रियासील रहेका सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष ढुङ्गानाले बताएका थिए भने  निबर्तमान अध्यक्ष भानुभक्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समितिको निवर्तमान सचिव शान्ति खनालले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्