पोखरा २६ सुन्दरिबजारमा सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ २४ मंसिर – पोखरा २६ सुन्दरी बजारमा आईतवार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखरा म.न.पा.वडा नं.२५ हेम्जा बस्ने बर्ष २३ की अनिशा खड्का र पोखरा म.न.पा. ५ जिरो बस्ने बर्ष अं. २४ की भावना बरालको मृत्यु भएको प्रहरीले बताएको छ।
गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको र दुवै जनाको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
आईतवार अपरान्ह ४ः१५ बजे पोखराबाट तालचोक जाँदै गरेको बि ए ए ००४१ नं को कारले ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो ।
दुर्घटना पश्चात् कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई ईलाका प्रहरी कार्यालय डाडाकोनाकले नियन्त्रणमा लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्