विद्यालय सरोकारवालाका लागि नेतृत्व विकास तालिम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १२ जेठ । सामुदायिक विद्यालयका सरोकारवालाहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । शैक्षिक प्रशासन महाशाखाको आयोजनामा र रत्न शोभा माध्यमिक विद्यालय पोखरा २८ माझठानाको व्यवस्थापनमा दुइ दिन सम्म सञ्चालन भएको नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको हो ।
शैक्षिक प्रशासन महाशाखा पोखराका शिक्षा अधिकृत एवम् प्रशिक्षक सोमनाथ भण्डारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, विद्यार्थी संख्या घट्नुका कारण, विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने कार्यहरु, विद्यालयका प्रशासनको जिम्मेवारी, शिक्षकहरु, विद्यार्थीहरु, कर्मचारीहरु र अभिभावकहरुको जिम्मेवारी, नेतृत्वमा हुनुपर्ने गुणहरु र सकारात्मक सोच लगायतका विविध विषयमा प्रशिक्षण दिएका थिए । भण्डारीले विद्यालयमा भएका साधन स्रोतलाई सहि तरीकाले प्रयोग गर्दै जिम्मेवारी बाँडफाँड गरी सामुहिक रुपमा कार्य गर्ने बानीको विकासले मात्रै गन्तव्यमा पुग्न सकिने बताए । सामुदायिक विद्यालयमा भौतिक संरचनालाई मात्रै ध्यान दिंदा शिक्षण सिकाईमा ध्यान नगएको प्रति सचेत गराउँदै सामुदायिक विद्यालयमा जागरणको अभ्यास गरी अभिभावकको विश्वास जित्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । शिक्षा अधिकृत भण्डारीले तालिम पश्चात विद्यालय प्रशासन, शिक्षकहरु, व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ, पूर्व अध्यक्षहरु र अभिभावकको उपस्थितिमा विद्यालयमा सुधार गर्नुपर्ने कुराहरुको सूचित बनाई शैक्षिक प्रशासन महाशाखामा पेश गर्न आग्रह गरे ।
यस्तै गरी शिक्षा तथा विकास केन्द्र गण्डकी प्रदेशका प्रशिक्षक शंकर पोखरलले सामुदायिक विद्यालयमा व्यवाहारिक शिक्षाको आवश्यकता, शिक्षण सिकाईका आधार, व्यवहारिक शिक्षाका वाधक तत्वहरु, स्वजागरण विधि, उत्प्रेरणा, योग , साधना, सम्बादका चरणहरु, नेतृत्व र अरुसँगको सम्बन्ध लगायतका विविध विषयमा प्रशिक्षण दिंदै नेतृत्व ठीक, बेठीक र विवाद भन्दा माथि उठेर सर्वविजयी बन्नुपर्नेमा जोड दिएका थिए । विद्यालयमा परिस्थिती अनुसार मनस्थितिलाई परिवर्तन गरी विद्यार्थीहरुलाई अध्यापन गराउनु पर्ने बताउँदै विद्यार्थीहरुलाई नै नृतृत्वदायिक भूमिका बहन गर्न सिकाउनुपर्नेमा जोड दिए ।
समापन कार्यक्रममा रत्न शोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले तालिम अति नै उपयोगी भएको बताउँदै आगामी दिनमा विद्यालयमा नयाँ पन ल्याउन अहिले देखि नै योजनाबद्ध तरीकाले लाग्ने बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवाहारमा लागु गर्न गराउन प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै गरी भुर्तेल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल बास्तोलाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या टिकाउन चुनौती रहेको बताउँदै आफूले विद्यालयमा केही न केही नयाँ पन दिने गरी योजना बनाएर अगाडि बढेको बताए । तत्काले विद्यालयमा भौतिक संरचना निर्मणको आवश्यकता र निजी शिक्षकका समस्या बारेमा ध्यानकर्षण गराउँदै बास्तोलाले तालिममा सिकेका कुराहरुलाई आफू र शिक्षक , कर्मचारी लगायतले कार्यन्वयन गरी अभिभावकको मन जित्ने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गर िरत्न शोभा माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका सदस्य हिमलाल आचार्यले यस्ता किसिमको तालिम अभिभावकहरु, शिक्षकहरु, विद्यार्थीहरु लगायत सरोकारावाला सबैलाई आवश्यक भएको बताउँदै तालिम फलदायी भएको बताए । तालिमले विद्यालयमा योजना बनाएर अगाढि बढ्न थप उत्साह दिएको बताए ।
तालिममा पोखरा महानगरपालिका वडा नं.२८ स्थित भुर्तेल आधारभूत विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षकहरु, बालक्लबका प्रतिनिधि विद्यार्थीहरु र रत्न शोभा माध्यमिक विद्यालय व्यवस्थापन सममितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षकहरु र जुनियर युवा रेडक्रस सर्कल र बाल क्लबका प्रतिनिधि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्