बेगनासतालमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १२ जेठ । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लेखनाथ सामुदायि सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको आयोजनामा, होटल तथा रेष्टुरेन्ट एसोसिएसनको सहकार्य र बिभिन्न स्थानिय सामाजिक संघ संस्थाको सहयोगमा स्थानिय जनता र जवाफ देही निकायको प्रत्यक्ष सहभागिताम स्थानिय स्तरको सार्वजनकि सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
ज्नताको गुनासो सुनुवाईको तथा व्यवस्थापनमा सहयोग पु¥याउने हेतुले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले होटल व्यवसाय र शान्ति सुरक्षाको विषमा जनस्तरबाट सोधिएको प्रश्नको जवाफ दिंदै यस क्षेत्रमा अपराधिक घटनामा संलग्न अपराधिहरुलाई पक्रेर कानूनी कार्यवाहीलाई अगाडि बढाइएको जानकारी दिए । यस क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्न होटल व्यवसायीहरुले ग्राहकलाई राती उनीहरुको निवाससम्म पु¥याउन सके व्यवसाय राम्रोसँग सञ्चालन हुने विश्वास व्यक्त गरे ।
यसै गरी सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले यस लेखनाथ क्षेत्रमा व्यवसाय सञ्चालनमा हुने समस्याको कारण पत्ता लगानुपर्नेमा जोड दिंदै नेपाल सरकारको निति नियमभित्र रहेर यस क्षेत्रमा पनि अनुमती लिएर रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सकिने कुराको स्पष्ट पारे ।
यसै गरी पोखरा महानगर प्रशासन शाखाका प्रमुख कृष्ण प्रसाद तिवारीले सार्वजनिक सुनुवाई कार्यक्रममा जनस्तरबाट उठेका आवाजलाई पोखरा महानगरमा पु¥याउने बताउँदै लेखनाथ क्षेत्र पोखरा महानगर भएको बताए । यस क्षेत्रको बिकासमा पोखरा महानगरले ध्यान पु¥याएको बताउँदै लेखनाथ क्षेत्र पोखरा महानगरको अभिन्न अंग भएको बताए ।
यसै गरी इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख सुनिल मल्लले यस लेखनाथ क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन प्रयास गरिराखिएको बताउँदै कुनै अपराधिक कृयाकलाप हुनसाथ प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गर्दै यदी पहरी पनि त्यस्ता शान्ति सुरक्षामा आँच आउने कार्यमा संलग्न भएको पुष्टि भएमा कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गरे । बेगनासतालमा पर्यटक आउने वातावरण बनाएर यस क्षेत्रमा पर्यटकलाई टिकाउनका समस्या पहिचान गर्नुपर्नेमा सुझाव दिएका थिए ।
यसै गरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक जनक शाहीले मादक पदार्थ सेवन नगरी सावरी साधन चलाउन आग्रह गर्दै ट्राफिकबाट मादक पदार्थ सेवनकर्ताको परिक्षणबाट सवारी दुर्घटनमा कमी आएको दाबी गरे ।
यसै गरी पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेल, पोखरा महानगर सहकारीका प्रमुख रबीरमण तिवारी लगायतले लेखनाथ क्षेत्रको बिकास निर्माणका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण बहादुर अधिकारीले स्वागत गर्दै यस लेखनाथ क्षेत्रमा शान्ति सुरक्षा, पर्यटन प्रर्वद्धन, उद्योग व्यवसायीका समस्या लगायतका क्षेत्रमा समस्या जटिल बन्दै गएको बताउँदै जनताको सवालका विषयमा जिम्मेबार र जवाफदेही बन्न सरोकारवाला सबैमा आग्रह गरे ।
लेखनाथ होटर तथा रेष्टुरेण्ट एशोसियसनका अध्यक्ष बिरभद्र कंडेलले यस क्षेत्रको बिकास निर्माणमा के गर्न सकिन्छ, जनताको गुनासो सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा जानकारी गराउने र सारोकार वाला सबैलाई जवाफदेयीता बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे ।
जनस्तरबाट बेगनासताल ढुंगा व्यवासयक समितिका अध्यक्ष रबिराज कंडेलले लेखनाथ बासी पोखरा महानगरवासी भएको अनुभुति नगरेको बताउँदै यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसायमा बृद्धि गर्ने उद्धेश्यका साथ ढुंगा व्यवसायिक समितिले किनेको मोटर बोट पोखरा महानगरले सञ्चालनमा रोक लगाउँदा काम गरी खाने जनताको रोजीरोटी खोसिएको आक्रोस व्यक्त गरे ।
यसै गरी पोखरा ३१ प्चभैयाका बुद्धि तामाङले यस क्षेत्रको विकास निर्माणमा गुणस्तर नभएको बताउँदै विकास निर्माणका कार्य उपभोक्ता समिति मार्फत बजेट सहि तरिकाले सदुपयोग गर्नुपर्नेकुरामा सम्बन्धित निकायको ध्यानकर्षण गराए ।
चक्रदेवी सहकारी संस्थाका अध्यक्ष ऋषिरम जमरकट्टेलले यस क्षेत्रमा शान्तिसुरक्षाको चनौति बन्दै गएको बताउँदै अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई कानून अनुसारको कार्यवाह िगर्नुमा सुझाव राखेका थिए । मधुकर क्षेत्रीले यस क्षेत्रको जनताले सुरक्षाको अनुभुति महशुष नगरेको बताउँदै सुरक्षाकर्मीको दरबन्दी थप्न पहन गर्न आग्रह गरे । लेखनाथ परोपकरा संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका प्रथाम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ( राजु ) , दयाराम तिवारी, बेगनासताल जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियसनका उपाध्यक्ष कमल लामिछाने, अर्जुन कुमार ताम्राकार, जिवादेवी क्षेत्री, भोजराज लामिछाने लगायतले यस क्षेत्रको बिकास निर्माणमा जनप्रतिनिधि जनउत्तरदायि नभएको, बजेट सदुपयोग नभएको, बिजुली बत्तीको नियमित रुपमा आपुर्ति नहुँदा सुरक्षा र व्यापार व्यवसायमा चुनौति भएको, यस क्षेत्रमा पर्यटक बस्न लायकको स्थानका रुपमा बिकास हुन नसकेको, सम्बन्धित निकायबाट बिकास निर्मणका कार्यमा लेखनाथ क्षेत्रलाक्षर्् ध्यान नदिइएको लगायतका विविध विषयमा ध्यानकर्षण गराउँदै आगामी दिनमा सम्बन्धित निकायले यस क्षेत्रको विकास निर्माणमा ध्यान नदिएमा यहाँका सामाजिक संघ संस्थाको पहलमा जनताले आफ्नो क्षेत्रको बिकास आफै गर्ने चेतावनी दिएका थिए ।
लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियनका महासचिव सुरेश लामिछानेले सञ्चालन गरेको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका उपाध्यक्ष गंगा खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सेवा केन्द्रका अध्यक्ष कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको लेखनाथ होटल तथा रेष्टुरेण्टक एशोसियसनका कोषाध्यक्ष शक्ति श्री कोइरालाले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्