हेलो हेल्थ क्लिनमा स्वास्थ्य सिविर

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १२ जेठ । पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको हेलो हेल्थ क्लिनिकले राखेको सिविरमा दुई सय ७५ जनाले सेवा लिएका छन् ।

विश्व थाइरोइड दिवसको अवसरमा राखिएको सिविरमा विशेष गरि महिलाहरुमा देखिने समस्याका बारेमा परामर्श र सचेतना मुलक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले रोग लाग्नु पुर्व नै निरोगी वन्नका लागि अपनाउनु पर्ने आहार विहार र शारिरिक ब्यामका बारेमा सचेत रहन आग्रह गर्दै स्वास्थ्यका क्षेत्रमा निजी क्षेत्र र वडाका विच सहकार्य गरेर अगाडी वढ्न सकिने विश्वास दिलाएका थिए ।

सोही अवसरमा थाइरोइड रोग विषेशज्ञ प्रा.डा.तिर्थलाल उपाध्याया घाटीमा हुने थाइरोइड ग्रन्थीबाट आउने हर्वोनले हाम्रो खानालाई पचाएर शरिरलाई स्वच्छ राख्न मद्धत पु¥याउने भएकाले हामीले प्रयोग गर्ने खाद्यय वस्तुमा रासाईनिक औषधी प्रयोग नभएको हुनु पर्ने र समय समयमा स्वास्थ्य चेक जाँच गरेर निरोगी बब्नका लागि अनुरोध गरेका थिए ।

हेलो हेल्थ क्लिनिकलका अध्यक्ष कृष्ण प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुव वावु भटराई,लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्ोन,क्लनिका निर्देशक मदन वराल,संचारकर्मी रामशरण नेपाली लगाएतले हाम्रो आहार विहारका वारेमा विशेष ख्याल राख्नु पर्ने सुझाव राखेका थिए ।

प्रत्येक महिनामा रोग विशेषका आधारमा सिविर संचालन गर्दै आएको हेलो हेल्थ क्लिनिकको सनिवारको सिविरमा विशैष गरि थाईरोइड रोगका वारेमा परामर्श,सुगर प्रशरको परिक्षण लगाएत रोग निवारणका उपायहरुका वारेमा जानकारी गराइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्