जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन ः सह प्रबक्ता प्रसाई

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पाटीका सह प्रबक्ता रमेश प्रसाईले जिवी राई रवि लामिछाने गृहमन्त्री भएकै समयमा पक्राउ पर्ने वताएका छन् ।

सनिबार कास्कीको पोखरा महानगरपालिका वडा नं २९ को प्रथम अधिवेशनको उद्घाटन समारोहमा वोल्दै सह प्रवक्ता प्रसाईले सहकारी पिडितका समस्यलाई समाधान गर्नका लागि जिवी राईलाई प्रक्राउ गर्नै पर्ने वताउदै जिवी राईबाट सहकारीका सेयर सदस्य भन्दा रवि लामिछाने अझ वढि पिडित भएकाले रवि गृहमन्त्र भएकै समयम पक्राउ पर्ने ठोकुवा गरेका हुन् ।

सत्ता समिकरण फेरीए पछि छटपटीएको काग्रेसले केवल रविका नाममा मात्र संसदीय समिति गठन गर्नु पर्ने वखेडा निकालेर राज्यलाई अनिर्णको वन्दीमा राखेकाले यसको हिसाव किताव जनताले २०८४को निर्वाचनमा साव र ब्याज सहित हिसाव किताव देखाईदिन उनको भनाई रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पाटी मात्र नभई भष्ट्रचार निवारणका लागि अभियान समेत भएकोले आम नेपाली जनतामा रहेको आसा र भरोसालाई साकार रुप दिन भष्ट्रचारलाई जरै देखि निवारण गर्नका लागि पनि जनताको साथ अनिवार्य छ प्रसाईको भनाई रहेको छ ।

पोखरा महानगरपालिका वडा नं २९ का सभापति प्रभात पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानियहरुको तर्फबाट जंग बहादुर गुरुङ,गण्डकी प्रदेशका सभापति राजन गौतम,कास्की जिल्ला सह संयोजक राजु राई,गण्डकी प्रदेश संगठन विभागका सचिव एकराज न्यौपाने,पोखरा महानगरपालिका सभापति नारायण आचार्य,क्षेत्र नं १ का उप सभापति उसा मगर,महानगर सचिव सम्राटा बराल र वडा नं २९ की उप सभापति गंगा बहादुर परियार लगाएतले पाटीको अभियानका बारेमा स्पष्ठ निती आउनु पर्ने सmुझाव राखेका थिए ।

सोही भेलाले प्रभात पौडेललाई सर्वसम्वत रुपमा सभापतिमा चयन गरेको छ भने समितिको उप सभापतिमा गंगा बहादुर परियार र सदस्यहरुमा योगेन्द्र गुरुङ,शान्ति सार्की,तुल बहादुर कुमाल,सितामाया आले,पुनम नेपाली,रवि रानाभाटर सुमित्रा वि क रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्