लक्ष्मि आदर्श मावि भुपु विद्यार्थी एशोसियसनको अध्यक्षमा मदन मुरारी शर्मा

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १९ जेठ । पोखरा २७ ज्यामिरकुनामा रहेको लक्ष्मी आदर्श मावि भुपु विद्यार्थी एसोसिएसनको अध्यक्षमा मदन मुरारी शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध चयन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मणि लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जमर्कट्टेल, विद्यालयका प्रधानाध्यापक शिवमणी भण्डारी लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मन्त्रीलाल उलक, सचिव कृष्णप्रसाद वास्तोला, सहसचिव ओमकार पाण्डे, कोषाध्यक्ष कुषलवावु लामिछाने, सदस्यहरुमा धिरज थापा, कविता भुषाल,विजय सापकोटा, उत्तम प्रकाश वराल, मञ्जु भण्डारी, सुनिता लामिछाने रहनुभएको छ । एसोसिएसनका अध्यक्ष खडानन्द लामपछानेले गर्नुका साथै सञ्चालन सचिव गुमनाथ लामिछानेले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्