रत्न शोभा माविको प्रधानाध्यापकमा न्यौपाने

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ , २२ जेठ । पोखरा महानगरपालिका वडा नं२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा किरणबाबु न्यौपाने नियुक्त भएका छन् ।
मंगलबार बसेको विद्यालयको व्यवस्थापन समितिको बैठकले माध्यमिक तह द्धितिय श्रेणीका विज्ञान विषय शिक्षक किरणबाबु न्यौपानेलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो ।
२०५० साल देखि शिक्षण पेशामा लागेका न्यौपाने २०६० सालमा मावि तहको तृतिय श्रेणीमा विज्ञान विषयमा स्थायी नियुक्ति लिएका थिए भने २ वर्ष अस्थायी बिनीको समेत अनुभव संगालेका न्यौपाने १२ वर्ष सम्म सामुदायिक विद्यालयमा साहयक प्रधानाध्यापकको जिम्मेवारी बहन गरेका न्यौपाने २०८१ मवि तह विज्ञान विषयमा द्धितिय श्रेणीमा बढुुवा भएका थिए । स्नातक तहमा गणित विज्ञान र गणित विषयमा एम एस सीको योग्यता हासिल गरेका न्यौपाने विषय विज्ञ समेत हुन् ।
२०५६ साल देखि शिक्षकको रुपमा अध्यापन गरी २०७१ सालमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी बहन गर्दै आएका पोखरा महानगरपालिका वडा नं.२८ माझठाना निवासी गोपाल बहादुर बुढाथोकीले आफ्नो स्वास्थ्य अबस्थाका कारण स्वच्छिक रुपमा प्रधानाध्यापकको पदबाट दिइएको राजिनामा विद्यालय व्यवस्थापन समितिले स्वीकृत गरी न्यौपानेलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
यसै बिच पोखरा २८ का वडा शिक्षा समितिका संयोजक एवम् वडा अध्यक्ष श्रीकृष्ण लामिछानेको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामिछानेले २०५६ साल देखि निरन्तर रुपमा आजका मिति सम्म यस विद्यालयलाइ यहाँ सम्म ल्याउन महत्वपूर्ण योगदान प्रदान गर्ने निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीलाई धन्यवाद दिंदै नवनियुक्त प्रधानाध्यापक न्यौपानेलाई बधाई दिएका थिए ।
वडा अध्यक्ष लामिछानेले आफ्नो क्षमतालाई शिक्षण सिकाईमा प्रयोग गर्दै विद्यार्थीहरुलाई आफ्ना छोरा छोरी सम्झेर अध्यापन गर्न सम्पूर्ण कार्यरत शिक्षकहरुलाई आग्रह गरे । वडा अध्यक्ष लामिछानेले विद्यालयमा छोटो समयका लागि आफु व्यवस्थापन समितिको अध्यक्ष भए पनि आफूले आफ्नो कार्यकालमा विद्यालय भवन निर्माण देखि समग्र विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि अल्पकालिन तथा दिर्घकालिन योजना ल्याएको स्मरण गर्दै मन बचन र कर्मले अध्यापन गर्न शिक्षकहरुलाई आग्रह गरे ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले नवनियुक्त प्रधानाध्यापक न्योपानेलाई बधाई दिंदै विद्यालय यहाँसम्म ल्याउन योगदान गर्ने निवर्तमान प्रअ गोपाल बहादुर बुढाथोकीलाई धन्यवाद दिएका थिए ।
निवर्तमान प्रधानाध्यापक बुढाथोकीले आफू यस विद्यालयमा २०५६ सालबाट शिक्षण कार्य सुरु गरी २०७१ साल देखि प्रधानाध्यापकको जिम्मेवारी बहन गर्दै आएको बताउँदै आफूले सदैव विद्यालयलाई सर्वोपरी ठानी काम गरेको बताए । आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि सक्दो प्रयास गरेको बताउँदै विद्यालयमा सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । बुढाथोकीले आगामी दिनमा आफ्नो तर्फबाट शैक्षिक सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नव नियुक्त प्रधानाध्यापक किरण बाबु न्यौपानेले आफूमा भएको ज्ञान, सिप र दक्षता यस विद्यालयमा प्रयोग गरी अगाडि बढाउन यस विद्यालयमा आएको रोजेको बताँदै आगामी दिनमा नबर्तमान प्रअ गोपाल बहादुर बुढाथकीलाई अभिभावकको रुपमा मान्दै उनको सल्लाह , शिक्षकहरुको सहयोग र व्यवस्थापन समिति र वडा शिक्षा समितिको सुझावलाई आत्मसाथ गर्दै यस विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्