पशुपतिक्षेत्र बनकालीमा पशुपति कोटीहोम सञ्चालन गरिने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, ३० जेठ । मानव सेवा फाउण्डेसन नेपाल काठमाण्डौले पशपति कोटीहोम सञ्चालन गर्ने भएको छ । आगामी साउन १ गते देखि साउन ३२ गते सम्म कोटीहोम एवं १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञय पशुपति क्षेत्र बनकाली हंश मण्डप काठमाडौंमा सञ्चालन हुने छ ।
मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको भवन निर्माणका साथै दीन दुखी र टुहुराको संरक्षण गर्ने उद्धेश्यले कोटिहोम सञ्चालन गर्न लागिएको मंच सञ्चालक कोष भारद्धाजले जानकारी दिए ।
कोटिहोममा परम पुज्या राधिका दासीद्धारा कथा वाचन , अन्तराष्ट्रिय कथा वाचन परम पुज्या देवी प्रतिभा, वाचन प्रविण पण्डीत दिनबुन्धु पोखरेल, श्रीमद् भागवत वाचन विदुषी डा.कान्ता भट्टराइ र राम कथा वाचन देवी चन्द्रकला राखीबाट हुने भारद्धाजले बताए ।
कार्यक्रममा झाँकी र्याली, देवीलिला, भजन प्रतियोगिता, कलश यात्रा, पैदल यात्रा लगायत विभिन्न कार्यक्रमहरु रहनेछन् । विश्वका विभिन्न देशबाट धर्मावम्बिहरुको उपस्थिति रहने बताइएको छ । यस्तो धार्मिक पवित्र कार्यक्रममा उपस्थित भएर कथा श्रवण गरिदिन भक्तजनहरुमा आयोजकले अनुरोध गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्