सृजना बहिरा स्कुलमा अक्षयकोष

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, ७ असार । विदेशमा रहेका नेपाली दाजु भाईहरुको साझा सस्था कास्की आदर्श समाज कतारले कास्कीको सृजना बहिरा स्कुलमा अक्षयकोष स्थापना गरेको छ ।

कास्की आदर्श समाज कतारले सृजना बहिरा स्कुलमा अध्यनरत फरक क्षमता भएका विद्यार्थीहरुको शौक्षीक विकासमा सहयोग पुग्ने गरि स्थापना गरेको अक्षय कोषमा बृद्धि गरि शुक्रवार थप रकम हस्तान्त्रण गरेको हो ।

यस अघि अक्षयकोषमा रहेको एक लाखमा गण्डकी प्रदेश समन्वय परिषद कतार र सस्थाका आजिवन सदस्य रामचन्द्र सुनार र संरक्षक विमल सुवेदीको सहयोगमा एक लाख २५ हजार गरि कोषमा दुई लाख २५ पु¥याएको हो ।

कास्की आदर्श समाज कतारका सह कोषाध्यक्ष वशन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य तिर्थ वहादुर राजभाट,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ,विद्यालयका प्रधानाध्यापक सुनिल कुमार भण्डारी, कास्की आदर्श समाज कतारका अध्यक्ष विश्ववन्धु थापा र सस्थाका सचिव खुशिमान गुरुङ लगाएतले विद्यार्थीहरुको पठन पाठनका नियमित सागुरो ठाउ भएको र आयस्रोतको अन्य वाटो नभएकाले यस कोषलाई ब्यवस्थीत रुपले संचालन गरेर थप रकमको खोजी गरि पाँच लाखसम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्