निरोगी बन्नका लागि योग आवश्यक

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, ७ असार । १० औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रवार कास्कीको लेखनाथमा योगको महत्व र उपयोगितका वारेमा जानकारी गराईएको छ ।

निरोगी भएर जिवन यापनका लागि योग र साधना अनिवार्य भएको सन्देश दिने उदेश्यले गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा योगको महत्व दिन प्रतिदिन वढ्दै गएको र तनावबाट मुत्त हुनका लागि योग,ध्यान र साधना जरुरी रहेको वताईएको थियो ।

पोखरा २६ को लोक सास्कृतीक संरक्षण समितिको सभा हलमा शिदेश्वर योग ध्यान केन्द्रको सहकार्यमा भएको कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलका सचिव डा.विनोदविन्दु शर्माले योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतनाका साथ जिउन सिकाउने कलाको रुपमा विकास गराउनु पर्ने बताउदै योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा स्वच्छ वनाउन सहयोग पु¥याउने धारणा राखेका थिए ।

कार्यक्रममा लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगनाथ तिमिल्सेना नियमित योग गर्नेहरुको रोग प्रतिकारात्म क्षमता वढि हुने वताएका थिए भने विगत २० वर्ष देखि देश विदेशमा योग प्रशिक्षण दिदै आएका योग गुरु विश्वराज अधिकारीले राज्यले स्वास्थ्यको क्षेत्रमा गरेको ठुलो खर्चको केही अम्समात्र योगाको क्षेत्रमा लगानी गर्ने हो भने अकालमा कोही कसैले पनि ज्यान गुमाउन नपर्नेमा जोड दिएका थिए ।
गत चैत्र महिना देखि संचालन गरिदै आएको योग सिविरमा दैनिक रुपमा ७५÷८० जनाले योगको अभ्यास गर्दै आएका छन् । यसैविच सोही कार्यक्रममा प्रदेश जनश्वास्थ्य प्रयोगशालाको प्राविधिक सहयोगमा निःशुल्क रुपमा डाइवेटीज,सुगर प्रसर,वोसो जाँच र कलेजो जाच गरिईएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलका सुचना अधिकृत डा.मधुजि ढकालले जानकारी दिएका छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्