असार १५ मा लेखनाथमा रोपाई महोत्सव

गाउँले मिडिया
  • ख-
  • ख+

आफनो मौलीक सस्कृतीको संरक्षण गर्ने उदेस्यले असार १५ का दिन कास्कीको लेखनाथमा रोपाई महोत्सव गरिने भएको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं ३० को वडास्तरिय कृर्षि संजालको आयोजना र विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्यमा यहि असार १५ गते सनिवार पोखरा ३० को तागकोमुख फाँटमा रोपाई महोत्सव गर्न लागिएको हो ।

कृर्षि प्रदान देश भएर पनि कृर्षि उत्पादनमा आयत मैै भर पर्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै पोखरा महानगरपालिका वडा नं ३० को आर्थीक सहयोग र वडा भित्र रहेका बिभिन्न सामाजिक संघ स्थाहरुको सहकार्यमा रोपाई महोत्व गर्न लागिएको हो ।

नेपालको मुख्य वालीको रुपमा रहेको धानको उत्पादन बढाउन र बाल बच्चाहरुलाई रोपाई कसरी गर्ने हो भन्ने तैर तरिका सिकाउनका लागि र वाँझो जग्गा राख्न नपाईने नियमलाई लागु गर्नका लागि रोपाई महोत्सव गर्न लागिएको पोखरा महानगरपालिका वडा नं ३० वडास्तरिय कृर्षि संजालका अध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम ढकालले जानकारी दिएका छन् ।

रोपाई महोत्सवको साथमा मनोरङजनका लागि रोपाई प्रतियोगिता,हिलोमा माछा समाउने प्रतियोगिता,महिला पुरुषको हिलो दौड प्रतियोगिता र साथमा थप सास्कृतीक कार्यक्रमहरु समावेस गरिएको संजालका सचिव अनन्त कडेलले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्