जुनियर सिटीजन्सले जित्यो लिटल फ्लावर एस ई ई कप फुटबल

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको आयोजनामा सम्पन्न एस ई ई कप सेभेन ए साइड फुटबल प्रतियोगिता जुनियर सिटीजन्स एकेडेमीले जितेको छ । एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालयले असार ८ र ९ गते दुई दिवसीय रुपमा प्रतियोगिता सञ्चालन गरेको थियो ।

नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत आइतबारको फाइनल खेलमा डायमण्ड मा वि लाई १–० को अन्तरले हराएर जेसिएले उपाधी हासिल गरेको हो । लेखनाथ क्षेत्रका १९ विद्यालयका एस ई ई दिएर बसेका विद्यार्थीहरुका समूहले सहभागिता जनाएको प्रतियोगितामा प्रथम भएर जुनियर सिटीजन्स एकेडेमीले १५ हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक विचित्र न्यौपानेले जानकारी दिएका छन् । यसै गरी दोस्रो हुन सफल डायमण्ड मा विले १० हजार रुपैयाँ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

समापन तथा पुरस्कार वितरण समारोहमा बोल्दै नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खोकुदले व्यत्तित्व विकाशमा ठूलो योगदान गर्ने वताए। प्रिन्सिपल बिकल पौडेल, नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ,सचिव प्रेमराज अधिकारी,सदस्य शिवराज पौडेल, विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष मनप्रसाद गुरुङ, राइजिङ्ग स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्