लेउवासंघको स्थापना दिवसमा दौड

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ १९, असार । लेखनाथ उद्योग वाणिज्य संघले आफनो २८ औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सवका अवसरमा बुधवार सदस्यहरुका विच दौड प्रतियोगिताको आयोजना गरेको छ ।

विहानीको समय सिमसिम पानी परिरहेको अवस्थामा संघमा आवद्ध करिव दुई सय भन्दा वढि ब्यवसायिहरुको सहभागितामा पोखरा २९ को भण्डारढीक खेल मैदान देखि पोखरा २७ को तालचोक महोत्सव स्थलसम्म भएको दौड प्रतियोगितामा ५० वर्ष माथीको भेण्टास,महिला र पुरुषका बिच करिव दुई किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् ।

दौडका माध्यमबाट सदस्यहरुका विच एक आपसमा मित्रता,परिचय तथा सम्वन्ध विस्तार गराउने उदेस्यले राखिएको प्रतियोगितामा पुरुष तर्फ शरण कुमार प्रधान प्रथम,मदन कुमार थापा द्धितिय ,सन्तोष न्यौपाने तृतिय र खेमनाथ शर्मा र होमराज भाण्डारीले सान्तवना स्थान हासिल गरेका थिए ।

दौड प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार,द्धितियलाई छ हजार,तृतियलाई चार हजार र सान्तोनालाई नगद दुई हजार र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरि महिला तर्फको प्रतियोगितामा छाँया वसौला प्रथम,ईन्दु जोशी द्धितिय र बन्दना शाहले तृतिय स्थान हासिल गर्न सफल भएका थिए ।

यता ५० वर्ष भन्दा माथीको भेण्टासमा दुर्गा बहादुर थापा प्रथम,धर्मराज वतौंला द्धितिय र दामोदरभत्त थापाले तृतिय स्थान हासिल गरेका छन् । सहभागीहरुलाई लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझ, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) र महासचिव जानुका अधिकारी लगाएतले धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबिच संघले आफनो २७ औं वार्षिकोत्सवका अवसरमा विहिवार आम ब्यवसायिहरुलाई बर्तमान अवस्थामा भोग्नु परेका समस्यका र समाधानका उपायहरुका बारेमा अर्थविद तथा राष्ट्रिय स्वतन्त्र पाटीका उप सभापति सासंद स्वर्णीम वाग्लेको उपस्थितिमा ब्यवसायिक उत्प्रेरण कार्यक्रमको समेत आयोजना गर्न लागेको बताईएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्