रत्नशोभा माविमा बधाई तथा सम्मान कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २१ असार । पोखरा महानगरपालिका वडा नंं २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८० को एस ई ई परीक्षामा सफल हुने विद्यार्थीहरुलाई विद्यालयले शुक्रबार एक कार्यक्रमका बिच बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक श्रीकृष्ण लामिछानेले एस ई ई मा सफल हुने विद्यार्थीहरुलाई बधाई दिंदै आगामी दिनमा पनि उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।
वडा अध्यक्ष लामिछानेले शैक्षिक सत्र २०८० को सफलतासँगै आगामी शैक्षिक सत्रमा सत प्रतिशत नतिजा निकाल्न झन चुनौती थपिएको व्यक्त गर्दै सरोकारवालाहरुको ध्यानकार्षण गराए। समुदाय, विद्यार्थीहरु, शिक्षकहरु, प्रशासन र अभिभावकहरु लगायत सरोकारवाला सबै एकजुट भएर आगामी दिनमा अझ शैक्षिक स्तर बृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिव बहादुर अधिकारीले यस विद्यालय पोखरा २८ कै गहना भएको बताउँदै शैक्षिक सत्र २०८१ को कक्षा ११ मा यसै विद्यालयमा पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै गरी निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले विगत देखि नै विद्यालयको शैक्षिक स्तर राम्रो रहेको बताउँदै आगामी दिनमा पनि सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले स्वागत गर्दै शैक्षिक सत्र २०८०को एस ई ई परीक्षामा ९५ प्रतिशत विद्यार्थी सफल भएको जानकारी दिंदै उत्कृष्ट नतिजा ल्याउन लागि पर्ने शिक्षकहरु, विद्यार्थीहरु, अभिभावक एवम् सरोकारवाला सबैलाई धन्यवाद दिएका थिए । प्रधानाध्यापक न्यौपानेले शैक्षिक सत्र १०८१ का शैक्षिक योजनाकोबारेमा जानकारी दिंदै कक्षा ११ र १२ मा समय सापेक्ष अनुसार पठनपाठन गर्दै लैजाने जानकारी दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द लामिछाने, शिक्षक यदुनाथ पाण्डे, अभिभावक राम्जी तिवारी, विद्यार्थी सुस्मिता कुंवर लगायतले आ–आफ्नो धारणा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, शिक्षकहरु, अभिावक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान स्वरुप मायाँको चिनो समेत प्रदान गरिएको विद्यालय सूचना अधिकारी ऋषिराम रानाभाटले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्