मलेसिया, युएई, कतार, साउदी, कोरियाको पैसाको मूल्य बढ्यो, आजको रेट हेर्नुहोस्

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

कात्तिक १७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार नेपालीहरु बैदेशिक रोजगारीमा पुगेका अधिकांश देशहरुको विनिमय दर वृद्धि भएको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको ति देशको पैसाको भाउ साताको अन्तिम दिन आज शुक्रबार भने बढेको छ ।

आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४९ पैसा र विक्रिदर २७ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा छ ।

त्यस्तै युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३७ पैसा र विक्रिदर २४ रुपैयाँ ५१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ६१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

आज नेपालमा १ मेरिकी डलरको खरिददर १०३ रुपयाँ ८ पैसा छ भने बिक्रीदर १०३ रुपयाँ ६८ पैसा रहेकको छ । बिहिबारको तुलनामा अमेरिकी डलरको भाउ ३ पैसा बढेको देखिन्छ भने अधिकांश खांडी मुलुकको विनिमयदरमा १ देखि ३ पैसा बढेको देखिन्छ । अघिल्लो साताको शुक्रबारको कुरा गर्ने हो भने त्यतिखेर साउदीको पैसाको खरिददर २७.५८, कतारको पैसाको खरिददर २८.४१, युएईको पैसाको भाउ २८.१६, मलेसियाको पैसाको भाउ २४.४३ रहेको थियो । यसरी हेर्दा अघिल्लो साताको आजैकै दिनको तुलनामा भने प्राय सबै देशको पैसाको विनिमय दर घटेको देखिन्छ ।

तल हेर्नुहोस् नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार कुन देशको पैसाको भाउ कति ? 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्