एन आई सी एशियाको लेखनाथ शाखा दोश्रो वर्षमा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

रामशरण नेपाली, कात्तिक २४, लेखनाथ । एन आई सी एसिया बैङ्क लेखनाथ शाखा ले आफ्नो सेवा प्रारम्भको पहिलो वर्ष सफलता पुर्वक पार गरी दोश्रो वर्षमा प्रवेश गरेको छ । ७३ औं शाखाको रुपमा लेखनाथको तालचोकबाट बैंकले लेखनाथवासीहरुलाई लक्षित गरेर सेवा शुरु गरेको थियो । बैंकको देशभरी १३५ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरुबाट सेवा प्रदान गरिरहेको छ । शाखाले हालसम्म २४ करोड लगानी र १७ करोड भन्दा वढि निक्षेप संकलन गर्न सफल भएको र ग्राहक संख्या २००० को हाराहारीमा पुगेको शाखाका प्रबन्धक राजेन्द्र प्रसाद लम्सालले जानकारी थिए ।

बैंकले दसैं, दिपावली र छठ पर्वको अवसरमा घर जग्गा धितोको सुरक्षणमा प्रवाह गर्ने गरी सबै वर्गका ग्राहकहरुलाई लक्षित गर्दै अत्यन्त सरल तवरले छिटो छरितो रुपमा, विना झन्झट र कर्जा सम्बन्धी कुनै पनि शूल्क नलिने गरी “बृहत घरकर्जा योजना (Grand Home Loan)” समेत ल्याएको वताए । शाखा प्रमुख लम्साल भन्छन– ‘योजना अन्तर्गतको कर्जाको व्याज दर अन्य बंैक तथा वित्तिय संस्थाहरुले लिने व्याज दरको तुलनामा निकै आकर्षक रहेको छ जुन मासिक ०.९ ५ र वार्षिक १०.८ ५ हो र यो व्याज दर कम्तिमा २ वर्ष सम्म नबढ्ने Guarantee गरिएको छ ।’ यस योजनाको समयावधि आश्विन २०७४ देखि कार्तिक मसान्त २०७४ सम्म रहने लम्सालले जानकारी दिए ।

बैंकले सन् २००४ देखि पोखरा महेन्द्रपुल बाट सेवा सुरु गरेकोमा हाल पोखरा भित्रमात्र न्यूरोडमा क्षेत्रीय कार्यालय सहित महेन्द्रपुल, लेकसाइड, बिरौटा, तालचोक र लामाचौरमा विस्तारीत काउन्टर रहेको छ भने १२ वटा शाखा र एउटा विस्तारित काउन्टर छ । एन आई सी एसिया अन्य बैंकको तुलनामा निक्षेप र कर्जा दुवैमा लिडिङ बैंक हो । यस क्षेत्रमा मात्र करिब साढे ५ अर्व रुपैया भन्दा बढी लगानी र ४ अर्व भन्दा बढी रुपैया निक्षेप संकलन छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्