पित्तथैली क्यान्सरका लक्षण

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

चिकित्सकहरूलाई आधार मान्ने हो भने बाइल डक्ट क्यान्सर आफैमा दुर्लभ क्यान्सर हो । यो क्यान्सर पित्तथैलीको नलीमा हुने गर्छ । विशेषगरी ६५ वर्ष उमेरमाथिका मानिसमा बढी देखिने यो रोगको सुरुवाती लक्षण खासै देखा पर्दैन । र, जब देखिन्छ, त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्छ । पित्तथैलीको नलीलाई अंग्रेजीमा बाइल डक्ट पनि भनिन्छ । बाइल डक्ट एक किसिमको सानो नली हो, जुन कलेजोको भित्री भाग, पित्ताशय हुँदै सानो आन्द्रामा पुग्ने गर्छ । यस्ता डक्ट विभिन्न नलीहरू मिलेर बनेको हुन्छ । यही नली हुँदै कलेजोले उत्पादन गरेको बाइल बगेर पित्ताशयमा एकत्रित हुने गर्दछ । उक्त बाइलले हामीले खाएको खाना तथा चिल्लो पचाउन मद्दत गर्छ ।
यस्ता बाइल कलेजोको भित्री भागबाट निस्कने हेपाटिक डक्ट हुँदै पित्ताशयसम्म जोडिने गर्दछ । उक्त नलीमा क्यान्सर भएमा यसले उक्त नलीको कुनै पनि भागलाई प्रभावित पार्दछ । समयमै पत्ता लगाउन सकेको खण्डमा यो क्यान्सर सजिलै निको पार्न सकिन्छ तर रोग लागेको अधिक समय पछि मात्र विरामीहरू चिकित्सकका पुग्ने हुँदा यसको उपचार लगभग असम्भव हुने गर्दछ । बाइल डक्टको क्यान्सर भएमा यी लक्षण देखा पर्ने गर्दछ ।
बाइल डक्ट क्यान्सरका लक्षण
छाला चिलाउनु
पित्तथैलीको क्यान्सरका भएमा शरीरमा विलिरुविनको मात्रा बढी हुने गर्छ । फलतः छाला चिलाउने गर्दछ ।
जण्डिस
यस रोगमा व्यक्तिको छाला पहेँलो हुने गर्दछ । साथै क्यान्सरका कारण पित्तलाई सानो आन्द्रामा जान बाधा हुने गर्छ ।
गाढा पहेँलो पिसाब
पित्तथैलीको क्यान्सर भएमा रगतमा विलिरुविनको मात्रा बढ्ने भएकाले पिसाब गाढा पहेँलो हुने गर्दछ ।

पेट फुल्ने र सुन्निने
बाइल डक्ट क्यान्सर भएमा कोषिकाहरूले राम्ररी काम गर्न सक्दैनन्, जसका कारण पेट फुल्ने, सुुन्निने तथा दुख्ने गर्दछ ।
थकान तथा कमजोरी
यस क्यान्सरबाट पीडित व्यक्तिको तौल क्रमशः कम हुने गर्दछ । साथै उनीहरूलाई कुनै पनि काम गर्दा थकाइ लाग्ने तथा कमजोरी महसुस हुने गर्दछ ।
वान्ता हुनुरज्वरो आउनु
कलेजो तथा रगतमा विलिरुविनको मात्रा बढ्ने तथा संक्रमण हुनाले पित्त थैलीमा अवरोध सिर्जना हुन्छ । जसका कारण ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या उत्पन्न हुने गर्दछ ।
बाइल डक्ट क्यान्सरका कारण ?
वाइल डक्ट क्यान्सर हुनुको कारण अझै थाहा हुन सकेको छैन । यद्यपि माथिका कारणहरू देखिँदा बाइल डक्ट क्यान्सरको सम्भावना हुनसक्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्