बिहानी वचत तथा ऋण सहकारी संस्थाद्धारा सरसफाइ कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ , असार ७ ।
पोखरा लेखनथा २७ तालचोकमा रहेको बिहानी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं वार्षिकोत्सवको एक हप्ते कार्यक्रम अन्तर्गत आज पहिलो दिन सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । तालचोक वरिपरि , पृथ्वि राजमार्गको दायाँ वायाँ किनारमा सरसफाइ गरिएको हो । कार्यक्रममा फोहोर संकलन गर्दै फोहोर मैला नगर्न सरोकारवालाहरुलाइ सचते गराउँदै फाहोर मैलालाइ वर्गिकरण गरि व्यवस्थापन गरिएको थियो ।

यही असार १५ गते हुने १० औ वार्षिकोस्सव कार्यक्रम अन्तर्गत असार ८ गते याम्दीमा स्टेशनरी वितरण, असार ९ गते विहानी वचत तथा ऋण सहकारी को केन्द्रिय कार्यालयमा रक्तदान , १० गते छोरेपाटनमा मानसेवा समितिमा रहेका असाय वालवालिकालाई सहयोग गर्ने कार्यक्रमम , यसै गरी असार ११ र १२ गते केन्द्रिय कार्यालवारिपरि सरसफाइ कार्यक्रम असार १३ गते समन्वय मञ्च र कार्यसमितिका पदाधिकारी विच अन्तकृया तथा वार्षिक कार्यक्रमको कार्ययोजना तय गर्ने , असार १४ गते केन्द्रिय कार्यालयमा द्धिप प्रज्वलन कार्यक्रम र असार १५ गते १० औं वार्षिकोत्सव सम्पन्न गर्ने मुल समारोह समितिका संयोजक हरिकृष्ण तिवारीले जानकारी दिए । उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न संस्थाका सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सदस्यहरुलाई मुल समारोह समितिका संयोजक तिवारीले आग्रह गरे । यसै गरी सरसफाइ कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिनाले सरसफाइ कार्यक्रममा सरिक भएका सरोकारवालाहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्