आइसिसीले पठायो नेपाली क्रिकेटरको तलब

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाण्डौ, २६ माघ ।
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको दुई वर्षदेखि रोकिएको तलब निकासा भएको छ। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दुई बर्षदेखि रोकिएको नेपाली क्रिकेट खेलाडीको मासिक तलब निकासा गरेको हो। सन् २०१६ देखि रोकिएको तलब वापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टान्डर्ड चार्टड बैंकमा पठाएको छ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेको अवस्थामा रोकिएको खेलाडीको तलब आईसीसीले राष्ट्रिय खेलकुद परिषद राखेपको खातामा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो। २०१६ देखि क्यान निलम्बनमा परेपछि नेपाली खेलाडीले पछिल्लो समय तलब पाउन सकेका थिएनन्। तलब वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाइएको थियो।

जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात–सात गरी २१ खेलाडी समावेश छन्। सम्झौता अनुसार ए श्रेणीका खेलाडीले ३५ हजार, बी श्रेणीका खेलाडीले २५ हजार र सी श्रेणीका खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्