वाटर स्पोर्ट्स नेपाललाई प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि ( फोटो सहित)

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ , १२ चैत्र । यहि चैत्र ११ र १२ गते लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोर्ट्स नेपाल र नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) ले हात पार्न सफल भएका छन् ।
दुइ विदामा सञ्चालन भएको प्रतियोगिताको ५ सय मिटरतर्फ वाटर स्पोर्ट्स नेपाल र २ सय मिटर तर्फ नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) ले जित हासिल गर्न सफल भएका हुन् ।
सोमबार सम्पन्न ५ सय मिटर तर्फको प्रतिष्पर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै वाटर स्पोर्ट्स नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना भएको टिम व्यवस्थापन उपसमितिका संयोजक अर्जुन भण्ढारीले जानकारी दिए ।
२ सय मिटर तर्फको प्रतिष्पर्धामा नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) को समूह प्रथम, वाटर स्पोर्ट्स नेपाल द्वितीय, हर्पन फेवा मत्स्य सहकारीको समूह तृतीय, खास्टे न्युरेनी मत्स्य सहकारीको समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।
यस्तै महिलातर्फ ५ सय मिटरको प्रतिष्पर्धामा बेगनासताल डुंगा व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ भने बेगनासताल मत्स्य व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनीको समुह तृतीय भएका छन् ।
महिलाहरुतर्फकै २ सय मिटरको प्रतिष्पर्धामा बेगनासताल मत्स्य व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ भने बेगनासताल डुंगा व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएको छ ।
प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितिय हुनेले एक लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिएको थियो भने चिनिया राजदुतावसले सहभागी सबै समूहलाई स्पोन्सर गरेको पुरस्कार समेत प्रदान गरिएको होटल तथा रेष्टुरेन्ट एशोसियसनका कोषाध्यक्ष शक्ति श्री तिवारीले जानकारी दिइन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका कार्यसमितिका सदस्य मदन आचार्यले चाइनिज दुतावास , पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको समन्वयमा गरी कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि पर्यटन बोर्डले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि केन्द्रित गरी कार्यक्रम सञ्चालन गरिने बताए ।
यसै गर िचिनिया दुतावासका डिसिएम वाङ सिङले नेपाल प्राकृतिक सौन्दर्य देश भएको बताउँदै यस ड्रागन बोट रेसले नेपाल र चिनको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए ।
यसै गरी पोखरा ३१ क वडा अध्यक्ष ढकनाथ कंडेलले यस क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले सरकारले गर्ने विभिन्न विकास निर्माणका कार्यमा लेखनाथ उद्योग वाणिज्य संघ सँधै साथमा रहेको बताउँदै यस क्षेत्रका विकासमा उद्योग वाणिज्य संघ लागिपरेको बताए ।
पोखरा महानगरपालिका प्रवक्ता मोति लाल तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष एवम् कार्यक्रम संयोजक बिरभद्र कंडेलले स्वागत गरेका थिए भने होटल तथा रेष्टुरेन्ट एशोसियसनका महासचिव सुरेश लामिछाने र सञ्चारिका समूह गण्डकी प्रदेशका पूर्व अध्यक्ष स्मिता तिवारीले गरेका थिए ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्