धनगढी प्रिमियर लिगको उद्घाटन, खेल सोमबारदेखि हुने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

धनगढी, २६ माघ ।
धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको उद्घाटन गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएलको ३ उद्वघाटन गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहमद सफिकलाई ब्याट र बल दिएर लिगको उद्घाटन गरे।

प्रतियोगिताको उद्घाटन भए पनि खेल भने सोमबारदेखि मात्रै सुरु हुने आयोजकले जनाएको छ। शनिबारबाट सुरु हुने भनिएको लिग दुई दिन पछाडि सरेको हो। लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पछाडि सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। सोमबारदेखि दैनिक दुईवटा खेल हुने छन्। पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। त्यस्तै शनिबारको उद्घाटन कार्यक्रमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराईलाई धनगढी क्रिकेट एकेडेमिले सम्मान गरेको छ।

एकेडेमीले जनही एकरएक लाखसहित अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’बाट सम्मानित गरेको हो। सम्मानित दुवैले धनगढी क्रिकेट एकेडेमिले आफूहरूको उच्च मूल्यांकन गर्दै सम्मान गरेकोमा खुसी व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्