पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता फागुन २ बाट शुरु हुँदै

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २९ माघ
फागुन २ देखी ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा लायन्स डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका लायन्स क्लबहरुबीच दोस्रो संस्करणको फुटबल प्रतियोगिता हुन लागेको डाउन टाउनका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । लायन्स क्लबका सदस्यहरुबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष डिष्ट्रिक बाहेका क्लबहरुलाई पनि प्रतियोगितामा सहभागी गराउने प्रयास गरिएको उनले बताए ।

पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको बिजेता टिमले रु. ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए । सर्वा्धिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ ।

प्रतियोगितामा करीब २० टिमको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ । प्रतियोगितालाई सम्पन्न गर्न पौडेलको संयोजकत्वमा विभिन्न ४४ वटा उपसमिति गठन गरि तयारी तीव्र पारिएको बताईन्छ । प्रतियोगिता सम्पन्न गर्न रु. ६ लाख २८ हजार खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्