सफल पोखरा म्याराथनको तयारी अन्तिम चरणमा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २ फागुन

पोखरामा पाँच दिनपछि हुने सफल पोखरा म्याराथनको तेह्रौं सस्करणको म्याराथन हुदैंछ । म्याराथनमा धावकहरुको सहभागिता जनाउँदै स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित डेढदशक देखि भुतपुर्व खेलाडी मन्चले निरन्तरता दिदैं आएको छ ।

‘१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’ लाई सफल पार्न तयारी तीव्र पारिएको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले बताएका छन् । म्याराथन विभागीय क्लबका खेलाडीहरुको बर्चस्व रहदैं आएको छ ।

अध्यक्ष गुरुङले प्रतियोगिताको तयारी बारे जानकारी दिदैं १३ औं संस्करणमा आफुहरु अझ बढी उत्साहित भएको उल्लेख गरे । प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर र तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हालसम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए ।

दौडले पोखराको १७ वटा वडालाई छुन्छ । सम्बन्धित वडाहरुले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता गराएको छन् । अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे । प्रतियोगितामा जापान, चाईना, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुनेभएको उनले जनाए । म्याराथनको ४२ किलोमिटरको दुरीमा १२ वटा ठाँउमा स्वयंसेवक खटाईने छ ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले यसपटक प्रविधीमैत्री प्रतियोगिता हुने तयारी भएको जनाए छलफलमा  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष नारायण कार्की, पुण्य प्रसाद पौडेलले प्रतियोगितालाई सफलपार्न सहयोग गर्ने जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्