वेगनास युवा क्लबद्धरा प्रथम “सेभेन ए साईड” फुटबल प्रतियोगिताको आयोजना

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ८ फागुन ।
वेगनास युवा क्लबले पोखरा ३१ वेगनासताल किनारमा फागुन १२ गते देखि सेभेन ए साईड फुटवल प्रतियोगिता गर्ने भएको छ । “शभ्यता र संस्कृतिका लागि खेलकुद” भन्ने नाराका साथ पहिलो पटक क्लवले फुटबल प्रतियोगिता गर्न लागेको बुधवार क्लबको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको होे।
सरसफाइ अभियानलाइ गर्दै आएको क्लबले युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि हिन्दु हरुको पर्व महाशिवरात्रीको अवसरमा फागुन १२ गते देखि २० गते सम्म फुटवलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिए।
प्रतियोगिताको विजेताले रु १,०५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र, त्यस्तै उपविजेताले रु ५५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो पुरस्कारमा रु १५,५५५ सहित मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकर ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोल रक्षकले रु ५००० प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता संचालन गर्न अनुमानित रु ८ लाख ५० हजार खर्च लाग्ने र ९ लाख ५० हजार आम्दानी हुने अनुमान क्लबले गरेको छ । वेगनासतालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रतियोगितालाई पोखरा महानगरपालिका वडा नं ३१ कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन, भिजन एन्ड भ्यालु ओभरसिज काठमाडौं, वेगनासताल वस संचालक समिती, वेगनासताल डुङ्गा व्यवसायी समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, वेगनासताल महिला समूह, वेगनासताल मत्स्य व्यवसायी समिती, बेगनासताल टोल विकास संस्था तथा स्थानीयहरुको सहयोग रहेको छ।
वेगनासताल वाध नजिकैको मैदानमा हुने खेलका लागि सुरक्षा निकायसँग समन्यव गरी सुरक्षाको राम्रो व्यवस्था गरिएको क्लबका अध्यक्ष राम रानाभाटले जानकारीले जानकारी दिंदै करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष रानाभाटले उक्त पत्रकार सम्मेलनमा जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्