जारी १७ औं आहा रारा गोल्डकपमा एपिएफ क्बल प्रवेश

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १२ फागुन ।
आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करणको शनिवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ कल्ब बिजयी भएको छ ।
शसस्त्र प्रहरीको एपिएफ कल्ब र मनाङमस्र्याङदी कल्ब बिच भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ कल्ब ले मनाङमस्र्याङदी कल्ब लाई पराजित गरी आफ्नो जितको यात्रा शुरुवात गरेको छ ।
शनिवार भएको खेलमा निर्धारित समयको ७० औ.मिनेटमा शसस्त्र प्रहरीको एपिएफ कल्ब का प्रदिप लामाले गोलगरे पछि मनाङमस्र्याङदी कल्ब १–० ले गोलको अन्तरले पराजित भएको हो ।
खेलमा प्रहरीको एपिएफ कल्ब का प्रदिप लामा खेलको म्यानअफ द म्याच घोषित भए । आइतवारको दोस्रो क्वाटर फाईनलखेल त्रिभुवन आर्मि कल्ब र हिमालयन शेर्पा कल्ब बिच हुने छ ।
साहराक्लब पोखराको आयोजनामा खेलकुदको बिकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित हुने सो फुटवल खेलमा २ बिदेशी सहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिभागिय टोली त्रिभुवन आर्मी क्लब ,शसस्त्र प्रहरीको एपिएफ कल्ब , नेपाल पुलिस कल्ब , मनाङमस्र्याङदी कल्ब , धरान फुटवल कलब , थ्रिस्टार कल्ब , हिमालयन शेर्पा कल्ब र बिदेशी क्यामरुनको डफिन्स फेमिली टिम र भारतको यूनाईटेड सिक्किम फुटबल कल्बले सहभागीता जनाएका छन ।
प्रतियोगिताको बिजेता टिमले रु. ८ लाख १ हजार , उपविजेताले रु. ४ लाख १ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडी लाई एक थान अप्रिला स्कुटर प्रदान गरिने छ ।
त्यसैगरी खेलमा सर्बाधिक गोलकर्ता लाई रु.२५ हजार र उत्कृष्ट स्ट्राइकर,मिडफिल्डर , डिफेण्डर , गोलकिपर र प्रशिक्षक लाई रु. १५÷१५ हजार सहित ट्रफि प्रदान गरिने आयोजक संस्था साहरा कल्बले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्