युवाहरुलाइ खेलप्रति प्रेरित गर्नु नै फुटबल प्रतियोगिताको मूख्य उद्धेश्य ः रानाभाट

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

बेगनसाताल, १२ फागुन ।
वेगनास युवा क्लबले पोखरा ३१ वेगनासतालको किनारमा फागुन १२ गते देखि सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना गरेको छ । “शभ्यता र संस्कृतिका लागि खेलकुद” भन्ने नाराका साथ पहिलो पटक क्लवले फुटबल प्रतियोगिता गर्न लागेको होे। वि.सं.२०४७ सालमा स्थापना भएको वेगनास युवा क्लबले विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यलाइ निरन्तरता दिंदै आएको छ । विगत माघ २० गते देखि वृहत वेगनासताल सरसफाइ अभियान सन्चालन गर्दै आएको क्लबले महाशिवरात्रिको अवसरमा फागुन १२ गते देखि २० गते सम्म सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना गरिरहेको छ । यसै सन्दर्भमा गाउँले मिडियाले वेगनास युवा क्लबका अध्यक्ष राम रानाभाटसँग गरेको कुराकानी ः
प्रथम खुला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्नुको मुख्य उद्धेश्य के हो ?
जति पनि खेल प्रेमी युवा जमात छन् , तिनिहरुको खेलप्रति रुचि जगाउनु र यस क्षेत्रमा रहेका युवाहरु खेलप्रति रुचि भएर पनि विभिन्न परिस्थितिका कारण विशेष गरी फुटबलमा सहभागि हुन नसकेको अवस्थालाइ मध्येनजर राख्दै युवाहरुलाइ खेल प्रति प्रेरित गर्दै खेल प्रेमी युवाहरुलाइ भविष्यमा खेलजगतमा प्रेरित गर्नु नै मुख्य उद्धेश्ये हो ।
फुटबल सन्चालन गर्न निकै सुरक्षाको हिसाबले निकै चुनौति रहेको छ । सुरक्षाको व्यवस्था के कस्तो रहेको छ ?
सुरक्षाको लागि हामीले इलाका प्रशासन कार्यालय, स्थानिय निकाय र सुरक्षा निकायलाइ सुरक्षाको लागि अनुरोध गरेका छौं । उहाँहरुले हामीलाइ खेलअवधिभर सुरक्षाको व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गर्नु भएको छ र म सबै खेलाडीहरुलाइ ढुक्क भएर प्र्रतियोगितामा भाग लिइदिनु अनुरोध गर्दछु । हामीले खेलाडीहरुलाइ पनि आयोजक वा रेफ्रिसँग झैझगडा नगर्न पनि अनुरोध गरेका छौं , सबै खेलाडीहरु अनुशासित तरिकाले खेल खेल्नु हुनेछ भन्ने हामीलाइ विश्वास छ ।
फुटबल प्रतियोगिता सन्चालन गर्न यहाँहरुले स्थानिय सामाजिक संघ संस्थाहरु, स्थानिय निकायहरुको के कस्तो सहयोग यहाँले पाउनु भएको छ ?
पक्कै पनि हामीलाइ वडा कार्यालय आर्थिक रकम सहित सहयोग गरेको छ , यहाँका स्थानिय सामाजिक संघ संस्थाहरुको पूर्ण साथ , सहयोग र समर्थन रहेको छ । वेगनास युवा क्लबलाइ मायाँ मान्ने विदेशमा रहेका पूर्व कार्यसमितिका पदाधिकारीहरु, शुभचिन्तकहरु, स्वदेशमा रहेका विभिन्न खेल प्रेमी साथीहरु, धेरै भन्दा धेरै सामाजिक संघ संस्थाहरुको मायाँ ममता, सल्लाह, सुझाव सहयोग रहेको छ ।
यहाँहरुले फुटबल प्रतियोगिता गरिरहँदा महानगरपालिको के कस्तो रेस्पोन्स यहाँले पाउनु भएको छ?
हामीलाइ महानगरले पुर्ण सहयोग गर्ने भनेर हामीलाइ महानगर प्रमुख मान वहादुर जिसीले आश्वासन दिनु भएको छ , त्यस्तै गरी हामीलाइ महानगर प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले पनि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
पुरस्कारको के कस्तो व्यवस्था गर्नु भएको छ ?
प्रतियोगिताको विजेताले रु १,०५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र, त्यस्तै उपविजेताले रु ५५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो पुरस्कारमा रु १५,५५५ सहित मेडल र प्रमाणपत्र रहेको छ त्यस्तै गरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ रु ८०००, उच्च गोलकर्तालाइ रु ५,०००, उत्कृष्ट प्लेमेकर रु ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोल रक्षकलाइ रु ५०००को व्यवस्था गरेका छौं । अनुशासित टिमलाइ पनि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरेका छौं ।
प्रतियोगिताबाट वचेको पैसा कहाँ खर्च गर्नु हुन्छ?
हामीले प्रतियोगितामा प्राप्त भएको आम्दानी र खर्च सार्वजनिक गर्छौ र खर्च कटाएर वचत रकम हामीले विभिन्न सामाजिक कार्यमा खर्च गर्नैछौं ।
वेगनास युवा क्लबले यो भन्दा पहिला पनि एक पटक फुटबल प्रतियोगिताको आयोजना गरेको थियो , अहिले यहाँहरुले प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता भन्नु भएको छ, केही व्यक्तिले यसलाइ दोस्रो भन्नु पर्ने पनि गुनासो आएको छ, यसमा यहाँको भनाइ के छ?
हो आज भन्दा ७÷८ वर्ष पहिला केदार लामिछाने दाइ अध्यक्ष हुँदा फुटबल प्रतियोगिता भएको थियो , तर हामीले पूर्व अध्यक्षज्यूहरु सँग, पदाधिकारीहरुसँग, बुद्धिजिवीहरुसँगको सल्लाह अनुसार नै हामीले सुरेन्द्र कुमार पुनको संयोजकत्वमा प्रथम सेभेन ए साइड भनेका हौं । हाम्रो पहिलाको इतिहासलाइ मेटाउने निहित नराखि सबैको सल्लाह सुझाव अनुसार नै हामी अगाडि बढेका हौं ।
यहाँहरुले वृहत बेगनासताल सरसफाइ अभियान पनि गरि रहनु भएको छ । यो अभियान के कस्तो हुदै गएको छ ?
हामीले समाजमा वेगनास युवा क्लबको पनि एउटा दायित्व छ है भनेर सचेतना जगाउने काम गरेका छौं । वेगनासताल क्षेत्रलाइ एउटा पर्यटकिय तथा धार्मिक स्थलको रुपमा हाम्रो सानो प्रयासले स्थानिय निकालाइ केही मद्धत पुग्छ कि भनेर हामीले प्रयास गरेका हौं । हामीले ४७ औं हप्ताको अभियान सम्पन्न गर्दा सम्म धेरैको साथ, सहयोग पाएका छौं र यो अभियानले समाजमा एउटा सकारात्मक सन्देश दिन केही हद सम्म हामी सफल भएका छौं मलाइ लाग्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्