बेगनासतालमा प्रथम सेभेन ए साईड वेगनास कप  सुरु

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा । पोखरा ३१ वेगनासताल किनारमा आईतबारदेखि सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । सभ्यता र संस्कृतिका लागि खेलकुदू भन्ने उद्देश्यका साथ वेगनास युवा क्लवले पहिलो पटक यो फुटबल आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मान बहादुर जिसीले खेलकुदको विकासका लागि महानगर सधै तयार रहेको बताए । त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्र कुमार वस्यालले युवा हरुलाई सही बाटोतर्फ लैजानका लागि यस्ता प्रतियोगिता फलदायी हुने बताए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय प्रमुख चित्राङ्गत वराल, वडा नं ३१ का वडाध्यक्ष कमल थापा लगायतले बोलेका थिए ।

उद्घाटनको दिन भएको पहिलो खेलमा आयोजक बेगनास बि समुह र सिर्जना वहिरा मावि बीचको खेलमा बेगनास बि समुह ले पहिलो जित दर्ता गरेको छ । त्यस्तै दोश्रो खेलमा लामा गाउँ बि समुहले प्रगती फुटबल क्लव कास्कीकोट लाई १(२ को जित निकालेको थियो। पहिलो हाफको नतिजा वरावर भएको थियो। दोश्रो हाफमा प्रगतीले मौका गुमाउँदा हार वेहोरेको थियो। तेश्रो खेलमा बाराही बेगनास लाई आयोजक वेगनास टिम सि ले १(० गोल अन्तरले पराजित गरेको हो। सोमबार बिहान ९ वजे देखि सुरु हुने प्रतिस्पर्धामा ७ खेल हुने  प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएक छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्